११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा स्कुल बाहेक अरु विभागमा पनि विवाद सुरु, एक्का र छक्कामा फरक छुट्टाउन सकेनन्



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अरु विभागबारे पनि विवाद सुरु भएको छ ।

स्रोतका अनुसार आफ्नो भागमा परेका विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमालेबाट सचिवालयमा रहेका ६ नेताको बैठक मंगलबार बालुवाटारमा बसेको थियो ।

नेकपामा स्कुल विभागलाई लिएर यसअघिदेखि नै विवाद छ । सुरुमा पूर्व माओवादीले नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलको दाबी थियो । तर दुई नेताको नाममा विवाद भएपछि यो विभागमा ८ जनाको दाबी परेको छ ।

यता युवा, महिला र मजदुर विभागलाई लिएर पनि विवाद भएको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरमा विष्णु रिमाल, युवामा महेश बस्नेत र महिला विभाग प्रमुखमा गोमा देवकोटाको नाम अगाडि सारेका छन् ।

दुई पार्टीको भागवण्डामा मजदुर विभाग पूर्वमाओवादीको भागमा परेको थियो तर प्रधानमन्त्री ओलीले एमालेमा ल्याएर आफ्ना सल्लाहकारसमेत रहेका रिमाललाई बनाउन चाहेका छन् । माधवकुमार नेपाल पक्षले भने असहमति जनाएका छन् ।

विवाद बढेपछि प्रधानमन्त्री ओलीले पूर्वएमाले नेताहरुको बैठक नै नराख्ने बताए ।यदि पूर्वएमालेभित्र विभागीय प्रमुखहरु टुंगो लागेको भए बुधबार सचिवालय बैठक बस्ने तयारी थियो । तर बुधबार विहान अर्का अध्यक्ष प्रचण्डसँग भएको भेटमा ओलीले गृहकार्य नपुगेको भन्दै बैठक सार्न आग्रह गरेका छन् ।

सचिवालय बैठक भोलि मात्र बस्नेछ ।