१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी

वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी
अ अ+ अ-

– हरि बाँस्तोला
कास्की । सामुदायिक वनबाट रुख होइन, रसिद काटेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यहाँको एउटा सामुदायिक वन समूह उदाहरणीय बनेको छ । पोखरा महानगरपालिका–२७ स्थित पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको वनभोजस्थलमा आगन्तुक समूहसँग अनुमतिका लागि काटेको रसिदबाट आम्दानी गरेर सबैका लागि अनूकरणीय बनेको हो ।

पोखरा उपत्यकाका नौ तालमध्येको पाँचाँै ठूलो दिपाङ्गतालको किनारास्थित मनोरमस्थलमा अवस्थित सो सामुदायिक वनले एक वर्षको अवधिमा वनभोज खान आउने समूहबाट रसिद काटेर रु ६५ हजारभन्दा बढी आम्दानी गरेको समूहका अध्यक्ष नीरलाल तभ्mयाले जानकारी दिए ।

उनका अनुसार वनको बीचको मैदान र खाली स्थानमा आवश्यक भौतिक संरचना तयार गरी वनभोजस्थलका रूपमा विकास गरेसँगै सो स्थानमा वनभोज खान आउनेको प्रत्येक वर्ष क्रमिकरूपमा आकर्षण बढ्दै गएको छ ।

पोखरालगायत आसपासका स्थानबाट वनभोज खान आउने आमा समूह, सहकारी, युवा क्लब, टोल विकास संस्था, विद्यार्थीलगायतका विभिन्न सङ्घसंस्था आउने गरेको बताउँदै अध्यक्ष तभ्mयाले भने, ‘सङ्ख्याको आधारमा एउटा समूहलाई रु एक हजारदेखि एक हजार ५०० सम्म रकम लिने गरेको छौँ ।’ सडकबाट वनभोजस्थलसम्म पुग्ने बाटो सोलिङ ढलान गर्न आवश्यक रहेको बताउँदै उनले आर्थिक सहयोगका लागि वडा कार्यालयमा पत्राचार गरिएको जानकारी दिए ।

वनभोजस्थलबाट दिपाङ्गतालको स्पष्ट दृष्यावलोकन गर्न र तस्वीरसमेत लिन सकिने गरी रुखलाई गोडमेल गर्ने तयारी भइरहेको बताउँदै उनले शान्त, हरियाली तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस स्थानको आवश्यक प्रचार–प्रसारमा जोड दिइने उल्लेख गरे ।

सामुदायिक वनबाट उत्पादित दाउरासमेत वनभोजमा आउने समूहलाई बिक्री गर्ने गरेको बताउँदै उनले समूहको र वनभोजस्थलबाट भएको आम्दानीबाट थप भौतिक संरचना तयार गरेर वनभोजस्थलबाट मात्रै वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्षय रहेको बताए ।

भवन तथा शहरी विकास कार्यालयको रु नौ लाख ६० हजारको आर्थिक सहयोगमा लगभग आठ वर्षअघि वनभोजस्थलमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त वन समूहका पूर्वसचिव गुमनाथ लामिछानेले जानकारी दिए । आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्दै उपभोक्ताको आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको वनभोजस्थलमा हाल दुई ट्रष्ट भवन, विद्युत्, खानेपानीसहित दुई शौचालयसमेत निर्माण गरिएको छ ।

सरसफाइका लागि दिपाङ्गतालको पानी लिफ्टिङ गरी वनभोजस्थलमा निर्माण गरिएको १०० लिटर क्षमताको दुई ट्याङ्कीमा सङ्कलन गरेर चार धारासमेत जडान गरिएको जानकारी दिँदै उनले भने, ‘अन्य आवश्यक पिउनेपानीको भने पिकनिकमा आउने टोलीले आपैm व्यवस्था गर्दै आएका छन् ।’

वि।सं २०५३ मा तात्कालीन जिल्ला वन कार्यालयले समूहलाई हस्तान्तरण गरेको कूल तीन हेक्टर क्षेत्रफल र ८० घरधुरी उपभोक्ता रहेको वन समूहका उपाध्यक्ष कृतिराम पाण्डेले राससलाई बताए । खोरी फाडेजस्तै उजाड भएको सो वन उपभोक्ताले संरक्षण गरेसँगै हरियालीमा परिणत चराचुरुङ्गी तथा वन्यजन्तुको समेत बासस्थानको रूपमा विकसित हुँदै गएको स्थानीय बासिन्दाको सामूहिक धारणा छ ।

चौथो सामुदायिक वन दिवसका अवसरमा सो समूहमा आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले वनको संरक्षण, संवद्र्धन र विकास गर्दै आएका उपभोक्ताले शुरु गरेको पर्यापर्यटन विकासमा सबै पक्षले चासोका साथ सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ कास्की र डिभिजन वन कार्यालय कास्कीद्वारा संयुक्तरूपमा आयोजित सो कार्यक्रममा वन क्षेत्रको खाली स्थानमा चाँप, लप्सी, तेजपात, निमारोलगायत विभिन्न जातका ३०० भन्दा बढी बिरुवा रोपिएको थियो । आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेका कास्की जिल्लामा हस्तान्तरण गरिएका ५११ सामुदायिक वन समूहले संरक्षण, संवद्र्धन र उपयोगसँगै सम्भाव्यता अध्ययनका आधारमा वनलाई समृद्धिसँग जोडिनु अपरिहार्य छ ।