२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्वेकिस्तानमा अर्को वर्षदेखि भूमिको निजीकरण



अ+ अ-

तास्कन्त । उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जियोयेभले मंगलबार गैर–कृषि भूमिको निजीकरण गर्नेसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका छन् ।

मध्य एसियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत मे महिनामा स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट स्वीकृत भएको यो कानुन आगामी सन् २०२० को मार्च १ देखि लागू हुनेछ ।

यसअघि, सबै जमिन राज्यको मातहतमा थियो । उज्वेक अधिकारीहरुका अनुसार मुलुकको आर्थिक विकासका लागि भूमिको निजीकरण सम्बन्धी कानुनले ठूलो महत्व राख्नेछ । उनीहरुको भनाईमा भूमिको स्वामित्व बेगर बजार अर्थतन्त्र पूरा हुन सक्दैन ।

नयाँ कानुन अनुसार उज्वेकिस्तानका कानुनी अख्तियारप्राप्त निकाय एवं नागरिकले व्यवसाय सञ्चालन गर्न र निजी घर निर्माण गर्न जग्गाजमिन खरिद गर्न सक्नेछन् ।