११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० लाख पर्यटक भित्र्याउने पर्यटनमन्त्रीको लक्ष्य



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् ।

नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन् ।

‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ’, मन्त्री भट्टराईले भने, ‘पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।’

सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुका साथै उनको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका थिए ।