११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारदेखि बेइजिङ-काठमाडौं सिधा उडान हुने



अ+ अ-
Image may contain: outdoor

काठमाडौं । आगामी तिहारदेखि बेइजिङ-काठमाडौं सिधा उडान हुने भएको छ। हालै निर्माण सम्पन्न राजधानी बेइजिङभित्रको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘तासिङ अन्तर्राष्ट्रिय विमानस्थल’ असोज १३ देखि संचालनमा आउने भएपछि सो विमानस्थल प्रयोग गर्ने उडानहरूको धमाधम टिकट बिक्री सुरु भएको छ।

चाइना डेलीका अनुसार चीनको राजधानी बेइजिङमा बनेको नवनिर्मित तासिङ विमानस्थललाई विश्वका भव्य विमानस्थलमध्येको एक मानिन्छ। तासिङ विमानस्थलबाट आन्तरिक उडान र बाह्य अन्तर्गत काठमाडौं, लण्डन, फिनल्याण्डको हेलसिन्की, मोरोक्कोको कासाब्लांका र जापानको फुकुओकाका लागि टिकट बुकिङ खुल्ला भएको उक्त संचार माध्यमले जनाएको छ ।

Image may contain: outdoor

उक्त विमानस्थलबाट हिमालय एयरलाइन्सले पहिलो उडान गर्ने छ । हिमालय एयरलाइन्सको उडान समय बेइजिङ समयअनुसार साँझ १७–४० बजे उल्लेख गरिएको छ।

गत साउन १० गते नेपाल चीन हवाई सेवा सम्झौता पुनरावलोन गर्न बेइजिङ आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सहितको प्रतिनिधि मण्डल र चिनियाँ उड्डयन प्रशासनबीच भएको वार्तामा बेइजिङ–काठमाडौं सिधा उडानका लागि चीनले सहमति जनाएको थियो।

No photo description available.

सो सम्झौतापछि हिमालय एयरलाइन्सले सिधा उडान गर्ने भनिएको थियो। सम्झौतापछि नेपाली अधिकारीहरूले आगामी अगष्टमा हिमालय एयरलाइन्सले नयाँ विमान किन्ने वा पुरानैबाट भएपनि सिधा उडान गर्नसक्ने संकेत गरेका थिए।