१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

नेपाल र भारत आपसमा अन्तरनिर्भर: परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल र भारत आपसमा अन्तरनिर्भर: परराष्ट्रमन्त्री ज्ञवाली
अ अ+ अ-

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् । भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समृद्घ भारत नेपालका लागि पनि अवसर हुने बताए ।

मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूलाठूला उपलब्धि हासिल गरेको र विश्वका ५/६ वटा ठूला अर्थतन्त्रमध्येमा भारत पनि पर्न सफल भएको बताए ।

नेपाल र भारत आर्थिक विकासलाई केन्द्रबिन्दु बनाएर बलियो आर्थिक साझेदारी गर्न लागेको उल्लेख गर्दै उनले दुई देशबीच धेरै योजना सम्पन्न भएका र केही योजना प्रगतिउन्मुख भएको बताए ।

मन्त्री ज्ञवालीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भइसकेको र त्यसबाट नेपालको पेट्रोलियम ढुवानीमा अर्वौं रुपैयाँ जोगिने बताउँदै भारतीय सहयोगमा हुलाकी राजमार्ग निर्माण हुँदै गरेको जानकारी दिए ।

पछिल्लो समयमा दुई देशबीच सहयोगका तीन क्षेत्रमा आयोजनाहरु अघि बढेको उल्लेख गर्दै उनले सीमापार रेलमार्ग, आन्तरिक जलमार्ग तथा कृषिमा साझेदारीअन्तर्गत सहयोग अघि बढाइएको जानकारी दिए । नेपालमा भारतबाट विप्रेषण आउने मात्र नभई नेपालबाट पनि विप्रेषण भारत जाने गरेको पनि मन्त्री ज्ञवालीले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले भारत विश्वमा साँच्चिकै एक शक्तिका रुपमा उदाएको र मानवजातिको उन्नतिका लागि नमूनाका रुपमा काम गरिरहेको बताए ।
नेपाल–भारतबीच सम्बन्धका चार तह रहेका बताउँदै उनले राजनीतिक, आर्थिक, सुरक्षा र सांस्कृतिक सम्बन्धमध्ये आर्थिक सम्बन्ध महत्वपूर्ण हुने र नेपालको व्यापार घाटा कम गर्दै लैजानका लागि भारतसँग सहयोग र सद्भावना लिनुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थ एव्म परराष्ट्रमन्त्री डा.रामशरण महतले भारत धेरै देशको लोकतान्त्रिक सङ्ग्रामका लागि पनि प्रेरणादायी रहेका उल्लेख गर्दै विपी कोइराला, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी आदि नेताहरु भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिनुभएकाले नै त्यसैबाट प्रभावित भएर नेपालमा पनि प्रजातन्त्रका लागि क्रान्ति भएको र संसदीय प्रणाली अपनाउन पुगेको बताए ।
भारतको बाटो भई ९० प्रतिशतभन्दा बढी सामान आउने गरेको बताउँदै उनले भारतबाट धेरै लगानी होस्, प्रविधि आओस् र पर्यटक धेरै आऊन्, नेपाली उत्पादन पनि भारत जाने वातावरण बन्नुपर्नेमा जोड दिए ।

भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालका नेताहरु विपी, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, तुल्सीलाल अमात्य आदिको भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागिता मात्र होइन, भारतीय नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहियाले नेपालको हनुमाननगरमा शरण लिनुभएकोबाट पनि नेपाल–भारत सम्बन्धबारे आँकलन गर्न सकिने बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोचेभन्दा बढी बहुमत हासिल गर्नुभएकाले अहिले पूर्णतया विकासमा केन्द्रित भएको र अहिले विश्वमै उच्च आर्थिक वृद्घि हासिल गर्न सफल भएको जानकारी दिए ।

प्रधानमन्त्री मोदीले सन् २०१८ मा दुई पटक नेपाल भ्रमण गर्नुभएको र नेपालका जनकपुर, मुस्ताङ जस्ता पर्यटकीयस्थलमा उनको भ्रमणले ती ठाउँमा भारतीय पर्यटकको ठूलो सङ्ख्यामा वृद्घि भएको उल्लेख गर्दै उनले नेपाल–भारत सहयोगमा वीरगञ्जमा अन्तर्राष्ट्रिय जाँच चौकी (आइसिपी) उद्घाटन भएको, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएको र उद्घाटन हुन मात्र बाँकी रहेको, गत वर्ष शिलान्यास भएको अरुण तेस्रोको निर्माणले गति लिएको र यो आयोजना सम्पन्न भएमा नेपालमा गुणात्मक परिवर्तन हुने बताए । भारतले काश्मिरबारे लिएको निर्णयले त्यहाँको विकास हुने र भारत सुदृढ हुने पनि उनले बताए ।