११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथामा ‘ट्राफिक जाम’ले मृत्यु भएको छैन, लामचाहिँ भएको छ (पूर्ण पाठ)



अ+ अ-

काठमाडौं । सगरमाथासहित अन्य हिमालमा आरोहणमा अधिक चापका कारण आरोहीको मृत्यु नभएको सरकारी समितिले बताएको छ । गत बसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणको क्रममा मृत्‍यु भएका १५ जनाको मृत्यु भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको निष्कर्ष निकालेको छ।

यसवर्ष निरन्तर मौसम प्रतिकुल रहेको र आरोहीको योजना तत्काल परिवर्तन गर्नुपरेका कारण मे महिनाको २२ र २३ गते सबैभन्दा बढी आरोहण भएको र एकै समयमा धेरै आरोही चुचुरोतर्फ लाग्दा लामो लाइन देखिएको समितिको निश्कर्ष छ । समितिका अनुसार करिब दुई घन्टा त्यस्तो लाइन बनेको थियो ।

‘हामीले कतैबाट पनि जाम भएको र त्यही कारण आरोहीको मृत्यु भएको भन्ने तथ्य भेटाएनौं, जाम होइन लामचाहिँ भएको हो,’ बुधबार प्रतिवेदन सार्वजनिक गर्दै उपाध्यायले भने।जामकै कारण मृत्यु भएको भन्ने आरोपलाई सबैभन्दाले आरोहण गरेको दिनको मृत्युदर ०.००४ प्रतिशतले खण्डन गर्ने उनको तर्क छ।

समितिले प्रतिवेदनमा आगामी दिनमा सरोकारवाला निकायले हिमाल आरोहणमा देखिएका समस्या समाधान गर्न सुझावसमेत दिएको छ ।

कतिपय अवस्थामा आरोहीले जसरी पनि आरोहण गरिछाड्ने ढिपीले पनि जोखिम निम्त्याएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । आगामी दिनमा स्वास्थ परीक्षण अनिवार्य र स्वघोशणा गरेपछि मात्र अनुमति दिने व्यवस्था गर्न सिफारिस गरिएको छ ।

प्रतिवेदनको पूर्ण पाठः