५ असार २०८३, शुक्रबार
,
Latest
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथामा ‘ट्राफिक जाम’ले मृत्यु भएको छैन, लामचाहिँ भएको छ (पूर्ण पाठ)



अ+ अ-

काठमाडौं । सगरमाथासहित अन्य हिमालमा आरोहणमा अधिक चापका कारण आरोहीको मृत्यु नभएको सरकारी समितिले बताएको छ । गत बसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणको क्रममा मृत्‍यु भएका १५ जनाको मृत्यु भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको निष्कर्ष निकालेको छ।

यसवर्ष निरन्तर मौसम प्रतिकुल रहेको र आरोहीको योजना तत्काल परिवर्तन गर्नुपरेका कारण मे महिनाको २२ र २३ गते सबैभन्दा बढी आरोहण भएको र एकै समयमा धेरै आरोही चुचुरोतर्फ लाग्दा लामो लाइन देखिएको समितिको निश्कर्ष छ । समितिका अनुसार करिब दुई घन्टा त्यस्तो लाइन बनेको थियो ।

‘हामीले कतैबाट पनि जाम भएको र त्यही कारण आरोहीको मृत्यु भएको भन्ने तथ्य भेटाएनौं, जाम होइन लामचाहिँ भएको हो,’ बुधबार प्रतिवेदन सार्वजनिक गर्दै उपाध्यायले भने।जामकै कारण मृत्यु भएको भन्ने आरोपलाई सबैभन्दाले आरोहण गरेको दिनको मृत्युदर ०.००४ प्रतिशतले खण्डन गर्ने उनको तर्क छ।

समितिले प्रतिवेदनमा आगामी दिनमा सरोकारवाला निकायले हिमाल आरोहणमा देखिएका समस्या समाधान गर्न सुझावसमेत दिएको छ ।

कतिपय अवस्थामा आरोहीले जसरी पनि आरोहण गरिछाड्ने ढिपीले पनि जोखिम निम्त्याएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । आगामी दिनमा स्वास्थ परीक्षण अनिवार्य र स्वघोशणा गरेपछि मात्र अनुमति दिने व्यवस्था गर्न सिफारिस गरिएको छ ।

प्रतिवेदनको पूर्ण पाठः




भर्खरै