१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

‘कसैको अनुहार हेरेर बढुवा गरिन्न’

‘कसैको अनुहार हेरेर बढुवा गरिन्न’
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । समितिले सांसदहरूले प्रस्तुत गर्नुभएका संशोधन, सुझाव तथा सहमति भएका विषयलाई समेटेर शीघ्र उक्त विधेयकको प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।

बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कसैको अनुहार हेरेर स्वेच्छाचारी ढङ्गले नभई योग्यता, क्षमता, ज्येष्ठता र नियमको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताए ।

विशिष्ट श्रेणीको बढुवा परीक्षणको सम्पूर्ण जिम्मा सधैँभर लोकसेवा आयोगलाई दिँदा व्यावहारिक नहुन सक्छ भन्दै उनले ज्येष्ठता, कार्यसम्पादन मूल्याङ्कन र तालीमको अङ्कलाई पनि आधार बनाएर नेतृत्व ग्रहण गर्नसक्ने क्षमताका आधारमा बढुवा र पदस्थापन गर्न सकिने गरी कानून निर्माण गरिनुुपर्नेमा जोड दिए । विशिष्ट श्रेणीको बढुवाका लागि मुख्य सचिवको संयोजकत्वमा सरकारले तोकेको प्रशासन तथा व्यवस्थापन विशेषज्ञ र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सदस्य रहने मूल्याङ्नकन समिति छ ।

समितिले मूल्याङ्कन गर्दा वार्षिक कार्यक्रमको प्रगति, निर्णय गर्ने क्षमता, कार्यसम्पादन गर्दा नेतृत्व लिने क्षमता, सेवाग्राही वर्गको सन्तुष्टि, बेरुजु फछ्र्योटको प्रगति, सामूहिक कार्यप्रणाली, पेशागत क्षमता एवं संवेदनशीलता र अन्तरकार्यालयबीचको रचनात्मक तथा सिर्जनात्मक कामलाई आधार बनाउने गरेको छ ।

सदस्यहरूले निजामती सेवाको विशिष्ट श्रेणीको बढुवामा तजविजी तथा मनोमानी हुन नदिन कानूनमै स्वतन्त्र विज्ञको समूह रहेको समिति गठनको आवश्यकता औँल्याउँदै अन्यथा काण्डैकाण्ड गराउने व्यक्ति नै बढुवाका लागि प्राथमिकताको सूचीमा पर्नसक्ने आशङ्का व्यक्त गरे ।

बैठकमा सदस्यहरू राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र रामसहायप्रसाद यादवले प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवलाई प्रदेश निजामती सेवा मातहत नराख्ने गरी कानून बनाउन कोसिस भए आफूहरुलाई मान्य नहुने अडान राखे । जनतालाई अलमल्याउन खोज्ने, सेवा प्रवाहमा ढिलासुस्ती गर्ने, जिम्मेवारी बहन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नहुने व्यक्तिलाई पदोन्नतिको सूचीमा समावेश गर्न नहुने तर्क गर्दै उनीहरुले स्वविवेकीय नेतृत्व परीक्षण विधिले पक्षपातको सम्भावना हुनसक्ने बताए ।