२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो



अ+ अ-

काठमाडौँ- धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५.९० मा झरेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक १.२२ बिन्दुले घटेर २६५.९३ मा रोकिएको छ । परिसूचक ओरालो लागेसँगै कारोवार रकम पनि न्यून रह्यो । स्टकका अनुसार आज कूल १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता शेयर रु २५ करोड ७२ लाख ८५ हजार एकमा खरीदबिक्री भए ।

कारोवार भएका १२ उपसमूहमध्ये लघुवित्तको शेयर मात्र उकालो लागेको छ । लघुवित्तको शेयर ०.१४ ले बढ्दा बैङ्किङ ६.४९, व्यापार १.७७, होटल २१.२१, विकास बैंक ०.५२, जलविद्युत् ७.१३, वित्त १.०८, निर्जीवन बीमा १०.३६, उत्पादन ९.८१, अन्य ०.०७, जीवनबीमा २२.०६ र सामूहिक लगानी कोषको शेयर ०.०५ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकका शेयर रु दुई करोड १० लाख ६२ हजार ५४१ मा खरीदबिक्री भयो । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका रु एक करोड ५८ लाख ७१ हजार ४७९, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु एक करोड १५ लाख ९५ हजार ७३२ र प्रभु बैंक लिमिटेडका शेयर रु एक करोड चार लाख ३७ हजार ३०८ मा खरीदबिक्री भए ।

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.२६, एनएलजी इन्सुरेन्स कम्पनी २.५३, घलेम्दी हाइड्रोपावर २.४७, हिमालय ऊर्जा विकास कम्पनी २.३४ र मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले २.१५ प्रतिशतले कमाए । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ५.३० प्रतिशतले गुमाउँदा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ३.६०, गुडविल फाइनान्स कम्पनी २.४९, सनराइज बैंक २.८६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २.८३ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.८३ प्रतिशतले गुमाए ।