२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमारलाई भित्र्याउने बार्सिलोना र रियलको प्रस्ताव अस्विकृत



अ+ अ-

काठमाडौं । स्पेनिस महारथी फुटबल क्लबद्वय बार्सिलोना र रियल म्याड्रिडले ब्राजिलियन फरवार्ड नेइमारलाई भित्र्याउन गरेको प्रस्तावलाई फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अस्विकार गरेको छ।

नेइमारलाई भित्र्याउन बार्सिलोनाले १०० मिलियन युरो र फिलिप काउन्टिन्हो दिने प्रस्ताव गरेको थियो। काउन्टिन्होको सट्टा इभान राकिटिकलाई पिएसजी पठाउने प्रस्ताव गरिएको बताइएको थियो।

रियल म्याड्रिडले रकमसहित गारेथ बेल र जेम्स रोद्रिगेज पिएसजी पठाउने प्रस्ताव गरेको थियो।

तर दुवै क्लबको प्रस्तावलाई पिएसजले अस्विकार गरेको छ। यद्यपी रियलको प्रस्तावमा पिएसजीले छलफल गरिरहेको बताइएको छ भने थप एक खेलाडी माग गरेको छ।

सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा पिएसजीमा आबद्ध भएर नेइमार विश्वकै महँगा खेलाडी बनेका थिए।

नेइरमाले पिएसजीबाट २ सिजन खेल्दा ३४ लिग गोल गरेका छन्। तर उनी दुवै सिजनमा घाइते भएका थिए।

पछिल्लो समय नेइमार पिएसजीमा खुसी छैनन्। उनी क्लबको प्रिसिजन अभ्यासमा उपस्थित भएका थिएनन्। फ्रेञ्च क्लबको पहिलो खेल नेइमार खेलेका थिएनन्। सो खेलमा पिएसजीका फ्यानले नेइमारको विरोध गर्दै ‘गो अवे’ लेखिएको ब्यानर देखाएका थिए।