२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम वान डेमा गेलले गरे चमत्कार !



अ+ अ-

काठमाडौं । बुधबार भारतले वान डे सिरिजको तेश्रो खेलमा वेस्ट इण्डिजलाई हराउँदै सिरिजमा २-० ले कब्जा जमायो।

सिरिजसँगै क्रिकेटका महान् ब्याटस्म्यानमध्येका एक क्रिस गेलको अन्तराष्ट्रिय क्रिकेट यात्रा पनि टुङ्गियो। अघिल्ला दुई खेलमा ब्याटिङ नचले पनि अन्तिम खेलमा गेलले आफ्नो ब्याटिङ जादु चलाए। उनले अन्तिम खेलमा चौका र छक्काको वर्षात गराउँदै शानदार पारी खेले र बिदाइलाई सुखद् बनाए।

पहिलो ओभरमा मेडन खेलेका गेलले दोश्रो ओभरमा छक्का प्रहार गर्दै आफ्नो खाता खोले। आफ्नो अन्तिम पारीमा गेलले कुल ४४ बलको सामना गर्दै ७२ रन जोडे। यस क्रममा उनले ८ चौका र ५ छक्का प्रहार गरे। करियरको अन्तिम अर्धशतक बनाउन उनलाई केबल २९ बल मात्र लाग्यो।

यसरी उनको शतकतर्फ बढिरहेको रफ्तारलाई ११ औं ओभरमा विराट कोहलीले खलील अहमदको बलमा क्याचआउट गर्दै रोकिदिए। यसरी आउट भएसँगै क्रिकेटका एक ठूला ब्याटस्म्यानको अन्तराष्ट्रिय करियरले विश्राम लिएको छ ।