१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

पुडासैनी मृत्यु प्रकरण: ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

पुडासैनी मृत्यु प्रकरण: ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
अ अ+ अ-

– नारायण ढुङ्गाना
काठमाडौँ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड दिइएको छ ।

पोलिएका व्यक्तिलाई यसअघि पटक–पटक अनुसन्धानको दायरामा ल्याइएको र मुद्दा चलाइएका घटना रहेकाले अनुसन्धानलाई नै प्रभावित पार्ने मनसायले कुनै पनि पक्षबाट प्रदर्शन गर्न नहुने कानून व्यवसायी बताउँछन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्ति दोषी हो या निर्दोष हो भन्ने कुरा अदालतले निर्णय गर्ने भएकाले पक्ष वा विपक्षमा प्रदर्शन गर्नुको अर्थ नहुने उनीहरुको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना समातिएपछि भइरहेका गतिविधिबारे नेपाल बार एशोसिएसन चितवनका पूर्वअध्यक्ष गोपीलाल देवकोटाले कानूनमा आधिकारिक निकायलाई कुनै पनि घटनामा संलग्न रहेको आशङ्का गरिएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्ने अधिकार रहेको बताए ।

देवकोटाले भने, “पत्रकार पुडासैनीको आत्महत्याको ढङ्गबाट मृत्यु भएको देखिन्छ, मृत्युकालीन घोषणामा केही व्यक्तिको नाम पोलेको छ, यसलाई अदालतले निक्र्यौल गर्ने कुरा हो, अनुसन्धानलाई दबाब दिनु हुँदैन र प्रदर्शन जरुरी पनि छैन, राज्यले पनि उनीहरुमाथि दबाब सिर्जना गर्नु हुँदैन ।” प्रहरीले उक्त घटनामा पत्रकार पुडासैनीले मर्नुअघि मोबाइलमा श्रव्यदृश्य रेकर्ड गरेको भिडियोमा नाम किटान भएअनुसार पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले न्यायिक चरणमा पुगिसकेकाले उक्त घटनामा न्यायालयको फैसला पर्खनुको विकल्प नरहेको राससलाई प्रतिक्रिया दिए । “संयम भएर फैसला कुर्नुभन्दा अरु केही देखिँदैन”, खतिवडाले भने । लामिछानेको समर्थनमा सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन भइरहेको र अर्कोतर्फ पुडासैनीले न्याय पाउनुपर्छ भन्दै ¥याली निकाल्ने काम भएको उहाँले जानकारी दिए।

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले चितवनमा भइरहेको उच्छृङ्खल गतिविधिको सूक्ष्म निगरानी भइरहेको र धैर्यका साथ संयम भएर प्रहरीले काम गरिरहेको बताए । “अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई आड बनाएर प्रहरीमाथि नै आक्रमणको दुष्प्रयास भएको छ, प्रहरीले भीड नियन्त्रण गर्न खोज्दा अस्पतालमा लुक्ने अनि फेरि गैरकानूनी गतिविधिमा उत्रने काम शनिवार भयो, तैपनि प्रहरी संयम भएर सुरक्षामा खटिएको छ”, मल्लले भने ।

शनिबार मोबाइल गस्तीमा रहेको प्रहरीको गाडीलाई आक्रमण प्रयास भएपछि प्रहरीले केही सेल अश्रुग्यास र लाठी चार्ज गरेर भीड तितरवितर पारेको थियो । उक्त घटनाको विषयमा नेपाल पत्रकार महासङ्घले केही दिनअघि विज्ञप्ति जारी गरी सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ । महासङ्घले सञ्चारगृहमा गएर गरिएको सञ्चारकर्मीको गिरफ्तारीको पनि विरोध गरेको छ । नागरिक समाज चितवनले पनि शनिवार विज्ञप्ति जारी गरी जाहेरीउपर अनुसन्धानको सिलसिलामा मानिस पक्राउ गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उक्त घटनाको निष्पक्षरूपमा छानबिन र अनुसन्धान गर्न माग गरेको सचिव गोपीलाल देवकोटाले बताए ।

विज्ञप्तिमा छानबिनको विषयमा कुनै पनि किसिमको दबाब सिर्जना नगर्न र निष्पक्ष छानबिनका लागि सहयोग गर्न नागरिक समुदायसँग आग्रह गरिएको उनले जानकारी दिए । बिहीबार सार्वजनिक भएको पुडासैनीले मर्नुअघि मोवाइलमा रेकर्ड गरेएको भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो ।

उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ । उक्त भिडियोको प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा रेकर्ड गरिएको भिडियो उनकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।

शनिबारको प्रदर्शनमा उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताउँदै कोइरालाले भने, “प्रदर्शन एउटा पाटो, अनुसन्धान अर्को पाटो हो, यसले अनुसन्धानलाई केही फरक पर्दैन ।”

यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पक्राउ परेका तीन जनाको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।