११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अधिकांश भागमा वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । यसवर्ष मनसुनको समयमा पनि स्थानीय वायु बढी सक्रिय हुँदा अपरान्हपछि मेघगर्जन र चट्ययङसहित हल्का तथा मध्यम वर्षा भइरहेको उनको भनाइ थियो ।

न्यून चापीय रेखा (वर्षा गराउने वायु) जुलाइको मध्यतिर मात्र नेपालमा पूर्णरुपमा प्रवेश गरेको र त्यसपछि औसत स्थान तथा आसपासमा मात्रै कायम रहेकाले मनसुनी गतिविधि लगातर सक्रिय हुन नसकेको मौसमविद्हरूले जनाएका छन् । आगामी मङ्गलबारदेखि देशको पश्चिमी भागबाट न्यून चापीय प्रणाली विस्तारै नेपालतिर प्रवेश गर्न शुरु गर्ने भएकाले सो दिनदेखि नेपालमा मनसुनी गतिविधि पुनःसक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका आधिकांश स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र भोलि देशका धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागको एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ भने मङ्गलबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी क्षेत्रका अधिकांश स्थानमा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गदैँ देशको केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेकाले सतर्कता अपाउन आग्रह गरेको छ । साथै देशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो भू–क्षयका कारण अवरोध आउनसक्ने भएकाले पहाडी भू–भागमा यात्रा गर्दा सचेत रहन पनि अनुरोध गरिएको छ ।