१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

ढोरपाटनको पहिचान मासिनु हुँदैन: मन्त्री बाँस्कोटा

ढोरपाटनको पहिचान मासिनु हुँदैन: मन्त्री बाँस्कोटा
अ अ+ अ-

गलकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । ढोरपाटन दैनिकको १६ औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

समृद्धिका नाममा प्रकृति मास्न नहुने बताउँदै उनले भने, ‘पृथ्वी मासेर समृद्धि आउँदैन । नेपाल चिनाउने ढोरपाटनलाई पुरानै अवस्थामा राखौँ, पर्यटनको विकास गरौँ ।’ उनले बागलुङ जिल्ला संस्कृतिमा समेत धनी रहेको बताउँदै गीत सङ्गीतले बागलुङलाई विश्वमै चिनाएको बताए ।
खानी, पानी, श्रम र संस्कृतिले नेपालको समृद्धिलाई अगाडि बढाएको भन्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । ‘समृद्धि त हासिल गरेरै छाड्छौँ”, मन्त्री बाँस्कोटाले भने, ‘लगानी र प्रतिफलतर्फ सरकार अग्रसर छ, जनता ढुक्क भए हुन्छ ।’ ‘धरहरा, अन्तरराष्ट्रिय विमानस्थल जस्ता कार्य निर्माण हुनु भनेको नै समृद्धि हो”, उहाँले भन्नुभयो, “काम भएन भएन भन्नेले केही वर्षमा देशले हासिल गरेको प्रगति देख्नेछन् ।’

उनले समृद्धिको आधारका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग, कालीगण्डकी करिडोरलाई उपयोग गर्न सक्नुपर्ने बताए । ‘समृद्धिका सपना पूरा गर्न यसका आधार निर्माण गर्नेतर्फ सरकार लागिपरेको छ’, मन्त्री बाँस्कोटाले भने, ‘‘समृद्धि र सुखी’ भन्ने नारा जनताको सङ्कल्प हो । यसलाई पूरा गराउन सरकार प्रतिवद्ध छ ।’

मन्त्री बाँस्कोटाले डिजिटल नेपाल निर्माणमा आफू लागेको बताउँदै फोरजी, स्याटलाइटजस्ता सञ्चार प्रविधिको विकासमा नेपालले फड्को मारेको उल्लेख गरे । सरकारले यस वर्ष पत्रकारसम्बन्धी १२ वटा कानून बनाउन लागेको जानकारी गराउँदै मन्त्री बाँस्कोटाले यो वर्ष पत्रकारका लागि महत्वपूर्ण रहने भने ।

फरक प्रसङ्गमा मिडियालाई अपराध लुकाउन हैन, देखाउनका लागि उपयोग गर्न मन्त्री बाँस्कोटाले पत्रकारलाई आग्रहसमेत गरे । ‘प्रहरीले स्वतन्त्ररुपमा कुनै पनि घटनाको अनुसन्धान गर्न सक्छ’, उनले भने, ‘गल्ती भए पत्रकार, नेता कसैलाई कानूनले छोड्दैन ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले सङ्घीयता कार्यान्वयनसँगै समृद्धिका लागि आधार निर्माण भइरहेको भन्दै सरकारले गति लिइरहेको दाबी गरे । उनले जुनसुकै पार्टी भए पनि विकास र समृद्धि साझा नारा भएको बताए ।

बागलुङबाट प्रकाशित ढोरपाटन दैनिक हालै मात्र गण्डकी प्रदेश राजधानी पोखराबाट प्रकाशन तथा वितरण हुन थालेको ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले जानकारी दिए ।