११ आश्विन २०८१, शुक्रबार
,
Latest
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव योजना



अ+ अ-

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनविरुद्ध अविश्वास प्रस्ताव योजना बनेको छ । ब्रिटेनको मुख्य विपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनले बिना कुनै सम्झौता ब्रिटेन युरोपियन यूनियन (ईयू) बाट बाहिरिने स्थिति ‘नो डिल ब्रेक्जिट’ लाई रोक्न आफूलाई कामचलाउ प्रधानमन्त्री बनाउन आव्हान गरेका छन् ।

उनले बोरिस सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने जनाउँदै त्यो पारित भए आफूले ब्रेक्जिटलाई ढिलोगराउने, मध्यावधि चुनाव आव्हान गर्ने र अर्को जनमत संग्रहका लागि अभियान चलाउने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ भित्र कुनैपनि अवस्थामा बेलायतईयूबाट बहिर्गमन (ब्रेक्जिट) हुने घोषणागर्दै आएका छन् ।

वहुसंख्यक ब्यवसायीले बेलायत ईयूसँग बिना सम्झौता बहिगर्मन भए ब्यापारमा प्रतिकुल असर पर्ने बताउँदै आएका छन् । बैंक अफ इंग्ल्यान्डले नो डिल ब्रेक्जिट भए वार्षिक ३० अर्ब पाउण्ड भन्दा बढी नोक्सान पर्ने जनाएको छ ।