१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

बजेट कार्यान्वयनको उत्कृष्टमा कर्णालीको कृषि मन्त्रालय

बजेट कार्यान्वयनको उत्कृष्टमा कर्णालीको कृषि मन्त्रालय
अ अ+ अ-

काठमाडौं । गत आर्थिक वर्षको बजेट कार्यान्वयनमा कर्णाली प्रदेशको कृषि मन्त्रालयले देशभरका कृषि मन्त्रालयलाई उछिनेर अघि बढेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७५/०७६ मा बजेटको ७८‍‍‍.९२ प्रतिशत खर्च गरेको जनाएको छ । मन्त्रालयले गत वर्ष २ अर्ब ८३ करोड ६९ लाख रकममध्ये १ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ खर्च गरेको हो। मन्त्रालयका अनुसार मातहतका कार्यालयमध्ये सबैभन्दा बढी कृषि ज्ञान केन्द्र डोल्पाले ९३.९९ र सबैभन्दा कम जुम्लाले ४२.५९ प्रतिशत खर्च गरेको हो।

प्रदेशका अन्य र देशभरका कृषि मन्त्रालयलाई उछिन्दै आफूहरु पहिलो बनेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बताइन् । ‘हरेक काम चुस्तदुरुस्त गरेकाले बजेट कार्यान्वनमा पनि उत्कृष्ट बन्यौँ,’ कर्णाली प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री केसीले भनिन् ‘योजनाको तस्बिर सार्वजनिकसहित भौतिक प्रगतिको अनुगमन गरेर मात्रै भुक्तानी दिएकाले मन्त्रालयको कामसमेत पारदर्शी भयो।’ मन्त्रालयलको घाटा बजेट घटाएको खण्डमा करिब ७७ प्रतिशत प्रगति भएको उनको भनाइ छ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम कृषिले ६९, गण्डकीले ६०.५६, प्रदेश १ को कृषिले ५९ प्रतिशत खर्च गरेको छ। त्यस्तै ५ नम्बर प्रदेशको कृषिले ५२, २ नम्बर प्रदेशले ५० र ३ नम्बर प्रदेशले ३० प्रतिशत खर्च गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले १ अर्ब ९५ करोड रुपैंयाँ गत आर्थिक वर्षको पछिल्लो ३ महिनामा खर्च गरिएको जानकारी दिए ।

‘ढिलोगरी अख्तियारी गएका कारण कर्मचारीलाई काम गर्न असहज भएको कुरा सचिव भारीलेले बताए । संघीय सरकारले समयमै अख्तियारी नदिएकाले सबै बजेट कार्यान्वयन गर्न चुनौती भएको उनको भनार्इ छ।