२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राहसिंगेलाई विभागले माग्यो ‘भ्याकेट’



अ+ अ-

काठमाडौँ । चितवनको दारेचोकमा रहेको ‘याक ब्रिविङ कम्पनी प्रा.लि.’ र उद्योग विभागबीचको विवाद उच्च अदालत पाटनमा पुगेको छ ।

उच्च अदालत पाटनमा याक ब्रिविङले उद्योग विभागलाई विपक्षी बनाउँदै गत जेठ १४ गते दिएको रिट निवेदनमा जेठ २९ गते उच्च अदालत पाटनले उद्योग विभागको जेठ २ को निर्णय, सो सँग सम्बन्धित विभागको पत्र तथा आन्तरिक राजश्व विभागको जेठ १२ को पत्र कार्यान्वयन नगर्नु/नगराउनु भनेर दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै उद्योग विभागले भ्याकेट माग गर्दै जवाफ दर्ज गरेको थियो ।

‘भ्याकेटबारे भदौ १ गतेलाई पेशी तोकिएको छ,’ विभागका कानुन अधिकृत टंक महतले जानकारी दिए । उनले अन्तरिम आदेश खारेजको माग गर्दै गत असार १९ गते भ्याकेटको माग गर्दै निवेदन दिएको बताए ।