११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलमूत्र खुवाइयो



अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए ।

सो घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी टोलीघटनास्थल पुग्दा उनको शरीरबाट दिशाको गन्ध आइरहेको पाइएकाले उद्धार गरी उपचारका लागि अस्तपताल पठाएको थियो । घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगेका छन् भने अन्य महिलाको खोजबिन भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।