१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

ठगी गर्ने सार्वजनिक

ठगी गर्ने सार्वजनिक
अ अ+ अ-

पोखरा । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्माालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट पहेँले धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। एक महीनाको अवधिमा विभिन्न १६१ मुद्दामा २५२ पुरुष र २९९ महिलालाई पक्राउ गरिएको थियो । सो अवधिमा पाँच हजार ९०० सवारी चालकलाई गरिएको कारवाहीमा रु ४४ लाख ७५ हजार र अवैध जुवा खेल्नेबाट रु पाँच लाख ८० हजार ८०० सहित जम्मा रु ५० लाख ५५ हजार ८०० राजश्व सङ्कलन भएको उनले बताए ।

दर्ता भएका मुद्दामध्ये लागुऔषध १७ , अवैध जुवा खेल्ने १२ स्थानबाट ८४, साइबर क्राइममा ४३ र सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ९४मुद्दा दर्ता भएका थिए ।
यसैगरी पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चोरी गर्दै आएका पोखरा २३ चापाकोट घर भई पोखरा ३ तेर्साट्टी बस्ने २० वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ ।

उनको साथबाट सुनको मङ्गलसुत्र एक थान, नेक्लेस एक थान, सुनको झुम्का एक जोर र फलामको हथौँडा, रड र फलामको छिनो बरामद गरिएको थियोे । एक महीनाको अवधिमा प्रहरीले ५०७ लिटर अवैध मदिरा र मदिरा बनाउन प्रयोग गरिएका भाँडा बरामद गर्नुका साथै एक पुरुष र २६ महिलालाई नियन्त्रणमा लिई कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी प्राकृतिक स्रोत दोहन अन्तर्गत १२ मालबाहक सवारी साधान ९ट्रिपर,एक्साभेटर र ट्रक० नियन्त्रणमा लिई कारवाहीको लागि पोखरा महानगरपालिकामा पठाइएको छ भने कतिपय जिल्ला समन्वय समितिमासमेत पठाएको छ ।