५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको समर्थकलाई भेडाको संज्ञा दिएपछि नायिका मानान्धरको आलोचना



अ+ अ-

काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्युलाई लिएर चर्चित नायिका करिश्मा मानन्धरले पनि आफ्नो धारणा व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले रवी समर्थकहरुलाई भेडाको संज्ञा दिएकी छिन् ।

उनको यो स्टाटस पछि उनी निकै विवादमा परेकी छिन् । शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा अहिले पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले हिरासतमा राखिएका छन् । तर रवि लामिछानेका समर्थकहरुले भने लामिछाने पक्राउ परेपछि निकै आक्रामक भएर प्रस्तुत भईरहेका छन् ।

यस विषयमा मानन्धरले भिडले कसैलाई न्याय दिन नसक्ने भएको हुँदा यसमा दबाब दिन खोज्नु गलत भएको धारणा व्यक्त गरेकी हुन् । उनी नेपाली फिल्मी जगतमा निकै नाम कमाएकी नायीका हुन् ।