५ असार २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी शुरुवात



अ+ अ-

काठमाडौं । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानीको शुरुवात गरेको छ ।

बैंकले आफ्नो लगानीको शुरुवात कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको छ ।

कुल परियोजना लागत ५ अर्व ८० करोड रुपैंया रहेको उक्त परियोजनामा यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाह हुने भएको छ ।यस परियोजनामा हिमालयन बैंक र सानिमा बैंक लिमिटेडले पनि सहकार्य गरेका छन् ।

देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवं आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने यस बैंकको योजना रहेको छ ।

हाल १२ अर्ब रहेको बैंकले ८ अर्बको सार्वजनिक निष्काशन मार्फत चुक्ता पुँजी २० अर्ब पुर्याउनेछ।बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहने छ।