१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी

कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी
अ अ+ अ-

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ । सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारका अनुसार सहकारी तथा सङ्कलकमार्फत बिक्री हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० लाख भित्रिने गरेको छ ।

दूधबाहेक गाउँपालिकाबाट केरा, मकै, कोदो, अदुवालगायत कृषिउपज बिक्री हुने गरेको छ । “गाउँपालिका व्यावसायिक र आधुनिक कृषितर्फउन्मुख हुँदै गएको छ, उत्पादनमा उल्लेख्य वृद्धि भएको छ”, परियारले भने । कृषिमार्फत समृद्ध हुने ठानेर कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँइैले बताए ।

गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा माटो र गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ । पशु आहाराका लागि दाना उद्योग सञ्चानकोसमेत तयारी भइरहेको हुमागाँई बताउछन्। गाउँपालिकामा हाल ३० ठूला गाईपालन केन्द्र सञ्चालित छन् ।

मकवानपुरगढी गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा हो । आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौं रुपैयाँको तरकारी, केरालगायत उत्पादन बिक्रीका लागि अन्यत्र लैजाने गरिन्छ । राज्मा, बोडी, मास, सिमी, भटमास तथा विभिन्न प्रकारका मौसमी एवम बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने गरेको छ ।