५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले पार्टी एकता गरेर गल्ती भयो भनेको छैन: अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले आफूले ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’ भनेर नभनेको स्पष्ट गरेका छन् । उनले आफ्नो भनाईको अपव्याख्या गरिएको बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘मैले त्यसो भनेकै होइन । पार्टी एकता गरिसकेका हौं । अब विकल्प छैन भनेको हो । यसलाई मिडियामा अपब्याख्या गरियो ।’

आफू बोलेको सो कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल पनि रहेको र मिडियामा अपब्याख्या भएर आउँदा पौडेल पनि आश्चर्यमा परेको दाहालले सुनाएका हुन् । केही दिन अघि आफूले काठमाडौँमा एक कार्यक्रममा बोल्ने क्रममा ‘पार्टी एकता गर्नु गल्ती भयो’ भनेर आफूले भनेको भनेर प्रचार गरिएकोमा उनको सो भनाई रहेको थियो ।

दाहालले अब पार्टीभित्र ‘पूर्व माओवादी, पूर्व एमाले भनेर माथापच्ची गर्नुको अर्थ नरहेको धारणा पनि राखेका थिए । सोमबार पत्नी सीतासहित जनकपुर आएका प्रचण्डले सो धारणा राखेका हुन् । उनले ‘नेकपाको सरकार ५ वर्षसम्म रहने बताए । सोमबार जनकपुर विमानस्थलमा संवाददाताहरुसित कुरागर्दै प्रचण्डले भने, ‘सरकार ५ वर्ष जान्छ र प्रधानमन्त्री जी पनि समझदारीअनुसार चल्नुहुन्छ ।’

सम्वाददाताहरुले ओली सरकार कि नेकपालको सरकार पाँच वर्ष जान्छ भन्दा उनले भने– नेकपालको सरकार पाँच वर्ष चल्छ र ओलीजी समझदारीअनुसार चल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन दाहाल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसहित जनकपुर आएका हुन् ।