१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

डेढ महीनापछि यातायात सञ्चालनमा

डेढ महीनापछि यातायात सञ्चालनमा
अ अ+ अ-

भोजपुर । बस व्यवसायीको सक्रियतामा भोजपुर सदरमुकामबाट टक्सार, गुम्बा हुँदै दक्षिणी क्षेत्रका तीन वटा स्थानीय तह जोड्ने मुख्य सडक लामो समयपछि सञ्चालनमा आएको छ । सडक मर्मतमा भोजपुर नगरपालिकाले चासो नदिएपछि व्यवसायीले सडक मर्मत गरेर बन्द भएको करीब डेढ महीनापछि सञ्चालनमा ल्याएका हुन् ।

स्थानीयवासीको दैनिक जनजीवनसँग जोडिएको सडक मर्मतमा व्यवसायी आफैँ जुटेका हुन् । उनीहरूले गत असार महीनाको वर्षाले बिगारेको सडक आफ्नै पहलमा निर्माण गरेर शनिबारबाट यातायात सञ्चालनमा ल्याएका छन् । नगरपालिकासमक्ष सडक मर्मतका लागि पटक–पटक अनुरोध गर्दा पनि चासो नदिएपछि करीब १२ किलोमिटर सडक आफैँले डोजर लगाएर मर्मत गरेको तत्कालीन संयुक्त बस व्यवसायी सङ्घका अध्यक्ष गोपाल मोक्तानले बताए ।

उनले भने, “सरोकारवाला पक्षलाई धेरै पटक अनुनयविनय गर्दा पनि चासो नदिएपछि हामी आफैँ मर्मतमा जुटेका हौँ ।” धेरैपटकको अनुरोधपछि काम थालेको नगरपालिकाले बीचैमा काम छाडेपछि व्यवसायी आफैँले सडक मर्मत गरेका हुन् । नगरपालिकाले तीन दिन लगाएर सडक बजेट सक्न देखावटीरूपमा करीब ५० मिटर मात्र मर्मत गरेको व्यवसायीको आरोप छ ।

आफूहरूले भने करीब दुई दिन लगाएर १२ किलोमिटर सडक मर्मत गरेको व्यवसायीको भनार्इ छ । “हामीले दुई दिनमा १२ किलोमिटर सडक मर्मत गरेर यातायात सञ्चालन ल्याएका छौँ, तर नगरपालिकाले तीन दिनमा करीब ५० मिटर सडक खनेको छ । यसले नगरपालिका काम गर्न भन्दा पनि बजेट सक्न लागेको देखिन्छ”, मोक्तानले भने ।

नगरपालिकाले गर्नुपर्ने काममा जनताको सेवालाई ध्यानमा राख्दै व्यवसायी नै अग्रसर भएपछि स्थानीयवासीले पनि सडक मर्मतमा साथ दिएका छन् । तर यस्तो काममा नगरपालिकाले चासो नदिएकोमा भने उनीहरु आक्रोसित बनेका छन् । स्थानीयवासी शिव कार्कीले भन्नुभयो, “बाटो अवरोध भएको एक महीना भएको थियो तर खुलाउन सरोकारवाला पक्षको ध्यान गएन, गर्भवती, बिरामी तथा अशक्त नागरिकलाई डोको तथा स्ट्रेचरमा बोकेर ल्याइरहेको अवस्था छ, खोइ यसतर्फ जनप्रतिनिधिको ध्यान गएको ?”

सदरमुकामबाट दक्षिणका तीन गाउँपालिकासँग जोड्ने यो मुख्य सडक हो । पिखुवा खोलापारिको सडक त्यहाँका स्थानीय तहले यसअघि नै मर्मत गरेको भए पनि नगरपालिका क्षेत्रको सडक भने बन्द रहेको थियो । सो सडकमा नियमित यातायात सञ्चालनमा आएसँगै स्थानीय खुशी भएका छन् ।