५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको वाईओमिङ राज्यमा भीमकाय डाइनोसरका जीवावशेषहरू फेला



अ+ अ-

काठमाडौं । अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनोसरका जीवावशेषहरू फेला परेका छन्।नाम नखुलाइएको एउटा स्थानमा एक दर्जनभन्दा बढी डाइनोसरका हड्डीहरू एकै ठाउँमा भेटिएका हुन्।

जीवावशेष चोरी नहोस् भनेर वैज्ञानिकहरूले सो स्थानलाई गोप्य राखेका छन्।वैज्ञानिकहरू सो स्थानमा सयवटा डाइनोसरका अवशेष भएको हुन सक्ने बताउँछन्।

वैज्ञानिकहरूले उक्त डाइनोसर सोरपड रहेको बताएका छन् । सोरपड लामो घाँटी र पुच्छार भएको डाइनासोर भित्र पर्ने गर्छ । उक्त डाइनासोरको नली र शरिर पनि भेटिएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।

उक्त डाइनासोरको मेरुडण्ड तलमाथी जेलिउको अवस्थामा फेला परेको हो । उक्त डायनासोर १५ सय करोड बर्ष अगाडि मरेको बताइउको छ । यसको शरिर दुई मिटर लामो रहेको छ ।