२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी नेता कार्यकर्तालाई चुनाव जित्ने प्रशिक्षण: सभापति देउवा



अ+ अ-

बुटवल । पार्टी नेता कार्यकर्तालाई चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिने बेला आईसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । सोमबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अहिले भोटको राजनीति भएको बताए ।

मिठो भाषणले मात्र चुनाव नजित्ने भन्दै जनतामा जान उनले नेताहरुलाई आग्रह गरेका हन् । उनले भने, ‘भाषणले भोट आउने भए मलाई भन्दा धेरै राम्रो बोल्न आउने नेताहरु छन् तर हारे,’ उनले भने, ‘अब चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुपर्‍यो ।’ कार्यक्रमस्थलमा चारतारे झण्डा मात्र राखिएको देखाउँदै उनले रुख खोई भन्ने प्रश्न गरे ।

अरु पार्टीको कार्यक्रममा झण्डासँगै चुनाव चिह्न पनि राख्ने गरेको उल्लेख गर्दै देउवाले भने, ‘यहाँ रुख कहिँ छ ? चारतारे झण्डा मात्र छ ।’ उनले ठट्टा गर्दैै भने,’ यदि रुख अरुले नपाउने भए चारतारे झण्डा नै चुनाव चिन्ह राख्न हुन्थ्यो ।’

देउवाअघि कार्यक्रमलाई सम्बोधन गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुट अन्त्य गर्नुपर्ने र यसका लागि न्याय, निश्पक्षता र पारदर्शीता हुनुपर्ने बताएका थिए । देउवाले सम्बोधनको सुरुमै वरिष्ठ नेता पौडेललाई जवाफ दिदै पारदर्शिता हुनुपर्छ भन्नु राम्रो भएको बताएका थिए ।




भर्खरै