५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी नेता कार्यकर्तालाई चुनाव जित्ने प्रशिक्षण: सभापति देउवा



अ+ अ-

बुटवल । पार्टी नेता कार्यकर्तालाई चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिने बेला आईसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । सोमबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अहिले भोटको राजनीति भएको बताए ।

मिठो भाषणले मात्र चुनाव नजित्ने भन्दै जनतामा जान उनले नेताहरुलाई आग्रह गरेका हन् । उनले भने, ‘भाषणले भोट आउने भए मलाई भन्दा धेरै राम्रो बोल्न आउने नेताहरु छन् तर हारे,’ उनले भने, ‘अब चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुपर्‍यो ।’ कार्यक्रमस्थलमा चारतारे झण्डा मात्र राखिएको देखाउँदै उनले रुख खोई भन्ने प्रश्न गरे ।

अरु पार्टीको कार्यक्रममा झण्डासँगै चुनाव चिह्न पनि राख्ने गरेको उल्लेख गर्दै देउवाले भने, ‘यहाँ रुख कहिँ छ ? चारतारे झण्डा मात्र छ ।’ उनले ठट्टा गर्दैै भने,’ यदि रुख अरुले नपाउने भए चारतारे झण्डा नै चुनाव चिन्ह राख्न हुन्थ्यो ।’

देउवाअघि कार्यक्रमलाई सम्बोधन गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुट अन्त्य गर्नुपर्ने र यसका लागि न्याय, निश्पक्षता र पारदर्शीता हुनुपर्ने बताएका थिए । देउवाले सम्बोधनको सुरुमै वरिष्ठ नेता पौडेललाई जवाफ दिदै पारदर्शिता हुनुपर्छ भन्नु राम्रो भएको बताएका थिए ।