२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङग्रेसकी संस्थापक सुन्दासको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलले नेपाली राष्ट्रिय काङ्ग्रेसकी संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार डा.लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका हुन् ।

नेत्री सुन्दासको ८५ वर्षको उमेरमा गत साउन ३० गते निधन भएको हो । सन् १९३४ मा जन्मिनु भएकी सुन्दास राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा सक्रिय थिईन। नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्व सुन्दास सन् २००१ को भारतीय अकाडमी पुरस्कारबाट विभूषित भएकी थिईन् ।

प्रमुख सचेतक खाणले सुन्दासले राजनीतिक, साहित्यिक र शैक्षिक क्षेत्रमा पुर्याउनु भएको योगदान सदाका लागि स्मरणीय रही रहने उल्लेख गर्दै उनको निधनले राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएका छन् ।




भर्खरै