५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङग्रेसकी संस्थापक सुन्दासको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलले नेपाली राष्ट्रिय काङ्ग्रेसकी संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार डा.लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका हुन् ।

नेत्री सुन्दासको ८५ वर्षको उमेरमा गत साउन ३० गते निधन भएको हो । सन् १९३४ मा जन्मिनु भएकी सुन्दास राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा सक्रिय थिईन। नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्व सुन्दास सन् २००१ को भारतीय अकाडमी पुरस्कारबाट विभूषित भएकी थिईन् ।

प्रमुख सचेतक खाणले सुन्दासले राजनीतिक, साहित्यिक र शैक्षिक क्षेत्रमा पुर्याउनु भएको योगदान सदाका लागि स्मरणीय रही रहने उल्लेख गर्दै उनको निधनले राजनीतिक, साहित्यिक एवं शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएका छन् ।