• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

शिल्पाले गरिन् १० करोडको अफर अस्वीकार !



बलिउड अभिनेत्रीमा सबैभन्दा बढी फिट रहेकी शिल्पा शेट्टी ४४ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । उनी सफल फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटकै कारण सधैँ चर्चामा रहिरहन्छिन् ।

हालसालै शिल्पालाई एउटा आयुर्वेद उत्पादन कम्पनीले विज्ञापनको अफर गरेको थियो । उक्त अफरलाई उनले अस्वीकार गरिन् । भारतीय संचार माध्यमका अनुसार शिल्पालाई ‘आयुर्वेदिक स्लिमिंग पिल्स’ को प्रमोशनको लागि १० करोड भारतीय रुपियाँ दिइएको थियो ।

शिल्पाले भनिन्, ‘म कुनै यस्तो कुनै कुरा पनि बेच्न सक्दिन जसमा मलाई विश्वास छैन । स्लिमिंग पिल्स र फ्याट डाइट तपाईंलाई आर्कषित त गर्न सक्छन् किनकी यसले छिट्टै असर देखाउँछ । तर एउटा नियममा टिकिराख्ने र स्वस्थ खानुमा आफूलाई गर्व महसुस हुन्छ । यसको मुकाबिला कसैले गर्न सक्दैन । भनेको मतलब कसैको दबाबमा आएर कोहि मोटो वा दुब्लो बन्न सक्दैन ।’