१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक



अ+ अ-

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार यहाँ उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेललाई नेपालका लागि स्विटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहास्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राजदूत सुवेदीले स्विस नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियोे ।

साथै स्विटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ।समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसंग स्वीट्जरल्याण्जका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२ औ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाटन सत्रलाई बिहिवार मूख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियोे ।

उहाँ मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भोलि त्यस तर्फ जानुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।