२ श्रावण २०८३, शनिबार
,
Latest
नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलीबारी मामिलामा सलमानले भने – मलाई निशाना बनाइएको छ



अ+ अ-

एजेन्सी । अप्रिल १४ मा सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो । घटनाको दुई महिनापछि सलमानले मुम्बई प्रहरीलाई बयान दिएका छन् ।

सलमानले प्रहरीलाई भने– ‘मलाई बारम्बार विभिन्न व्यक्तिले निशाना बनाइराखेका छन् । यसअघि पनि पटकपटक धम्की आएका छन् र जरिवाना पनि लगाइएका छन् । म धेरै मामिलामा फसेको छु । म निराश छु । मलाई अदालतबाट सजाय भइसकेको छ ।’

अप्रिल १४ का दिन बिहान गोली चलेको आवाज सुनेर ब्युँझिएको अभिनेताले बताए । ‘तिनीहरू बालकनीमा आए, तर त्यहाँ कोही थिएन ।’ उनले भने ।

सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङका ​​क्रममा सलमानले कालो हरिणको शिकार गरेका थिए । त्यसयता लरेन्स गिरोहले सलमानलाई लगातार निशाना बनाउँदै आएको छ ।

मुम्बई प्रहरी स्रोतका अनुसार १४ अप्रिलमा दुई बाइक सवार आक्रमणकारीले सलमानको घरमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर गरेका थिए । फरेन्सिक विज्ञहरूले घटनास्थलबाट एउटा लाइभ गोली फेला पारेका थिए । लरेन्स समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा ६ जना अभियुक्तलाई पक्राउ गरेको थियो । घटनामा पक्राउ परेका अनुज थापानले प्रहरी हिरासतमै झुण्डिएर आत्महत्या गरेका छन् । यस घटनामा गोली चलाउनेहरूलाई अनुजले हतियार उपलब्ध गराएका थिए । अभियुक्त अनुज थापानको आत्महत्या प्रकरणको अनुसन्धान राज्य सिआइडीलाई बुझाइएको छ ।