११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटोः रोड टु डेथ’

‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटोः रोड टु डेथ’
अ अ+ अ-

काठमाडौँ । नेपालमा पछिल्लो समय फरक फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हाँस्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन् । केही साता अघि मात्र प्रदर्शन भएको चलचित्र ‘फर्की फर्की’ मा ‘टाइमलुप’को प्रयोग गरिएको थियो । जसलाई दर्शकले रुचाउनुभयो ।

यही जेठ ३२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘बाटोः रोड टु डेथ’ नेपालमा पहिलोपटक ‘रोड थ्रिलर’ विधामा तयार गरिएको सोही चलचित्रका अभिनेता उत्पल झाले बताउनुभयो । “नेपालमै यो विधामा चलचित्र निर्माण भए जस्तो लाग्दैन । केही नयाँ गर्ने प्रयास हामीले गरेका छौँ । कोरोना महामारीको समयमा एउटा यात्रा तय गर्नुपर्ने हुन्छ । त्यही यात्रामा भेटिने साथी र हुने घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । यो एउटा यात्राको कथा हो”, अभिनेता झाले भन्नुभयो ।

अभिनेता झा रङ्गमञ्चबाट चलचित्रमा अभिनय सुरुआत गर्दै हुनुहुन्छ । विज्ञान विषयको विद्यार्थी भए पनि चलचित्रसम्बन्धी अध्ययन गराइने संस्था अस्कर कलेजमा अध्ययन गरेर रङ्गमञ्च हुँदै उहाँ अभियनमा आउनुभएको हो । उहाँ ‘बाटोः रोड टु डेथ’ मा सुरुमा ‘कास्टिङ डिरेक्टर’ को रुपमा जोडिनुभएको थियो ।

“मैले निर्देशन पढेको छु । धेरै नाटकमा अभिनय गरेपछि यस चलचित्रमा मलाई ‘कास्टिङ डिरेक्टर’को जिम्मेवारी दिइयो । निर्देशक र निर्माताले मेरो काम हेर्नुभएकाले एउटा भूमिका गर्न आग्रह गर्नुभयो । नयाँ विषय र प्रयोग भएकाले मैले पनि चलचित्रमा आउने उपयुक्त समय देखेर अभिनय गरेको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले चलचित्रमा मञ्जिल केसीको भूमिका निर्वाह गर्नुभएको छ । आफ्नै बाध्यताले कोरोनाको बन्दाबन्दीमा एउटा यात्रा गर्नै पर्ने बाध्यता र त्यहाँ भेटिने पात्रसँगै बाटोमा सामना गर्नुपर्ने अप्रत्यासित असामान्य गतिविधिमा चलचित्रको कथावस्तु केन्द्रित छ । चलचित्रमा झासँगै मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, विजय आनन्द ताम्राकार, राजेन थापालगायतका कलाकारले अभिनय गरेका छन् । मदन थापाको लेखन र निर्देशन रहेको यस चलचित्रमा शरण ऋषिले छायाङ्कन, एनबी महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ । निर्देशक थापाले कथाको पात्रमा अभिनेता झा उपयुक्त लागेर नै अभिनयको प्रस्ताव गरेको बताउनुभयो ।