१० मंसिर २०८१, सोमबार
,
Latest
महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजगार गर्नेछ: प्रधानमन्त्री आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह एकैदिन झण्डै १६ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ करोबार?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण



अ+ अ-

काठमाडौँ: न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ । आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना लिखित परीक्षामा उत्तीर्ण हुनुभएको छ ।

लोकसेवा आयोगले २०८१ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा दुई सय तीन जनाले परीक्षा दिएका थिए । तीमध्ये आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जनाको कोटामा जम्मा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण हुनुभएको हो ।

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण हुनुभएको छ भने आन्तरिक खुलामा अन्जनराज सापकोटा, तिलक कार्की, नारायण सापकोटा र मणिराम ज्ञवाली गरी चार जना हुनुहुन्छ । आदिवासी जनजाति तथा खुलामा नीतिज राई उत्तीर्ण हुनुभएको छ ।

न्याय सेवा आयोगको आज बसेको बैठकले जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्दै उत्तीर्णलाई आगामी असार ६ र ७ गते अन्तर्वार्ताका लागि मिति तोकेको छ । आयोगले आन्तरिक खुलामा २१, खुलामा १२, महिला चार, आदिवासी जनजाति दुई, मधेसी दुई, दलित एक र अपाङ्ग एक गरी ४३ जनाको विज्ञापन गरेको थियो ।रासस