२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एसईई प्रिन्सेस बाह्रौं सस्करण सम्पन्न, शिक्षकहरु सम्मानित

एसईई प्रिन्सेस बाह्रौं सस्करण सम्पन्न, शिक्षकहरु सम्मानित
अ अ+ अ-

काठमाडौं। सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं सस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल भएकी छिन् । उनले एसईई प्रिन्सेससँगै मोष्ट टेयालेन्टको अवार्ड पनि हात पारिन् भने फष्ट रनरअप प्रीति शर्मा,सेकेण्ड रनरअप निरजरा श्रेष्ठ,थर्ड रनरअप ज्यास्मिन धमेना र फोर्थरनरअप शुभ के.सी. विजयी भए।

विजेता श्रेष्ठले ल्यापटप तथा नामीकलेजमा १ लाख बराबरको छात्रावृति प्राप्त गरिन्,फष्ट र सेकेण्डरनरअपले क्रमसः स्यामसङम मोवाइल फोन साथै दशजोड दुई अध्ययनको लागि छात्रावृति प्राप्त गरे भने थर्ड र फोर्थ रनरअपले डिजिटल स्माट वाच साथै छात्रावृति पाएका छन्।

त्यसैगरी, अन्य विविध सव टाइटलमा अर्गनाइजर च्वाइस इभा कपाली , पपुलर च्वाइस सविना तामाङ, मिस स्टाइलिस क्रीस्मि गुरुङ, भियोर्स च्वाइस कृर्पा केसी, फोटोजेनीक रन्जना ठकुरी, क्रियटिभ अवार्ड एकता अर्याल र वेष्ट वाक सिचु मर्हजनले हात पार्न सफल भएका थिए ।

कार्यक्रम वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्याउने, आत्मविश्वास बढाउने मन्त्री सुडीले धारणा राखे । शिक्षक सम्मान र विद्यार्थीको प्रतिभा उजागरमा सहयोग पुर्याउने यस्ता कार्यक्रमको विशेष महत्व रहने बताउदै उनले यस्ता कार्यक्रम आगामी दिनमा बृहत गर्दै लानुपर्ने बताए ।

उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समय देखि सक्रिय शिक्षक तथा शिक्षिकाहरुलाई विशेष शैक्षिक सेवा सम्मान २०८१ द्धारा सम्मान गरिएको थियो । नेहा केसी प्रिन्सिपल स्वस्तीश्री गुरूकुल आई विवल्ड स्कुल, द्रोणबहादुर अधिकारी प्रिन्सिपल मनमोहन मेमोरियल कलेज, रवीन्द्र अधिकारी प्रिन्सिपल रिलाइन्स कलेज, सरिता शाक्य प्रधान इन्टरनेशनल रिलेसन्स कोओर्डिनेटर साउथ वेस्टन स्टेट कलेज, सुनोज कैनी एकेडेमिक डाइरेक्टर रेडन कलेज, देवेन्द्र तिमिल्सिना बजार व्यवस्थापन प्रमुख मिड भ्याली कलेज शिक्षा पत्रकार मकर श्रेष्ठ, ध्रुवप्रसाद तिमिल्सिना गुणस्तर प्रत्यायन प्रमुख काठमाडौं मोडेल कलेज, सङ्गीता श्रेष्ठ प्रिन्सिपल काठमाडौं भ्याली कलेज, टंककुमार चापागाई अध्यक्ष प्याब्सन टोखा, आन्नदकुमार यादव सचिव हिसान बामगती प्रदेश, जेसिका चेमजोङ अध्यक्ष हिसान काठमाडौं, प्रेम गुरुङ उप प्राध्यापक पोखरा विश्वविद्यालय सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएको सस्थाका अध्यक्ष प्रदिपराज वन्तले बताए ।

प्रतियोगिताको निर्णायक मण्डलमा मोटीभेसनल स्पीकर राजन कोइराला, फिल्म लेखक विकास सुवेदी, सिनियर एयरहोस्टेस अस्मीता खनाल, मोडल सोनाम केसी, व्यवसायी तथा समाजसेवी अमित शर्मा, पर्यटन व्यवसायी संगिता रौनीयार, व्यूटीसियन लसता शाक्य रहनु भएको  थियो ।