• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल ★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद

थप्पड हानेको घटनापछि कंगना सद्गुरुको शरणमा पुगिन्



एजेन्सी । थप्पड हान्ने घटनापछि हिमाचल प्रदेशको मण्डीबाट सांसद निर्वाचित भएकी कंगना रनावत सद्गुरुको कोइम्बटूर आश्रम पुगेकी छिन् ।

अभिनेत्रीले इन्स्टाग्राममा एउटा तस्विर शेयर गरेकी छिन् । जसमा उनी सद्गुरुको आशीर्वाद लिएर बसेको देखिन्छ ।

इशा फाउन्डेशन सेन्टरको क्याम्पसमा घुम्ने क्रममा उनले सेतो बोर्डर र मोटिफसहितको हल्का गुलाबी रंगको साडी लगाएकी थिइन् । उनले ईशा फाउन्डेशन सेन्टरलाई आफ्नो खुसीको ठाउँ पनि बताइन् । यसअघि कंगना आदियोगीलाई भेट्न आएकी थिइन् ।

कंगना धेरै आध्यात्मिक छिन् । उनी प्रायः मन्दिर जान्छिन् र मौका मिल्दा सद्गुरुको आशीर्वाद लिन जान्छिन् । इन्स्टाग्राममा सेयर गरिएको तस्विरमा सद्गुरु कुर्सीमा बसिरहेका छन् र अभिनेत्री उनी नजिक बसेर मुस्कुराइरहेको देखिन्छ । अभिनेत्रीको यो तस्विरले फ्यानहरुको ध्यान तानिरहेको छ ।

पछिल्लो समय उनको जीवनमा धेरै परिवर्तन आएको छ । उनले मण्डी लोकसभा सीटमा आफ्ना प्रतिद्वन्द्वी विक्रमादित्य सिंहलाई ७४,७५५ मतले पराजित गर्दै विजयी भएकी हुन् । यो जितले निकै भावुक भइन् र आफ्नो मातृभूमिले आफूलाई फिर्ता बोलाएको अभिनेत्रीले बताइन् ।

कंगना मण्डी लोकसभा सिटबाट जितेपछि चण्डीगढबाट दिल्ली गइन् । त्यसपछि विमानस्थलमा सुरक्षा जाँचका क्रममा सीआईएसएफकी एक महिला कन्स्टेबलसँग झगडा भयो र उनले कंगनालाई थप्पड हानेकी थिइन् ।

सीआईएसएफ महिला जवानले थप्पड हानेको भिडियो सार्वजनिक भएको छ । महिला प्रहरी जवानको नाम कुलविन्दर कौर हो । यो घटनापछि उनलाई जागिरबाट निलम्बन गरिएको छ ।