• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी ★   आगामी आर्थिक वर्षको बजेट आज, के–के छन् नयाँ कार्यक्रम ? ★   गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: सभापति देउवा ★   सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माण होस्ः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   जनमुखी विकासका लागि प्रेरणा मिलोस्ः सभामुख घिमिरे ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना ★   अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित ★   गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छः राष्ट्रपति ★   गणतन्त्र दिवस मनाइँदै ★   गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत होः प्रधानमन्त्री दाहाल

बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने



बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन् । अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी फिल्म ‘पासवर्ड’ फिल्मको प्रिमियरका लागि नेपाल आउन लागेकी हुन् ।

‘पासवर्ड’ फिल्मको निर्माण पक्षले आगामी ११ सेप्टेम्बरका दिन काठमाडौंमा ग्राण्ड प्रिमियरको आयोजना गरेको छ । भिडियो सन्देशमा अभिनेत्री सनीले फिल्मको ‘प्रोमोशनल इभेन्ट एण्ड प्रिमियर’का लागि नेपाल आउन लागेकी जानकारी गराएकी छन् ।

। १३ सेप्टेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा अनुपबिक्रम शाही, बिक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगाएतको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्, भने सम्राट बस्नेतको निर्देशन गरेका हुन् ।