४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कुनैबेला ५० रुपैयाँमा ब्याकस्टेज कलाकारको भूमिका खेले, आज एक दिनको पारिश्रमिक डेढ लाख

कुनैबेला ५० रुपैयाँमा ब्याकस्टेज कलाकारको भूमिका खेले, आज एक दिनको पारिश्रमिक डेढ लाख
अ+ अ-

एजेन्सी । ‘जेठालाल’ नाम सुन्दा सबैको मुहारमा मुस्कान आउँछ । साथै, टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ को यो क्यारेक्टरबाट घर–घरमा चर्चामा आएका अभिनेता दिलीप जोशीको अनुहार पनि हामीलाई याद आउँछ ।

उनको फ्यान फलोइङको कुरा गर्ने हो भने सबै उमेरका मानिस उनको अभिनय मन पराउँछन् । २६ मे १९६८ मा जन्मेका दिलीपले आज आफ्नो ५६ औँ जन्मदिन मनाइरहेका छन् ।

दिलीपले १२ वर्षको उमेरमा ब्याकस्टेज कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका थिए । जसमा उनले हरेक भूमिकाका लागि ५० रुपैयाँ पाउथे । तर आज दिलिपले दैनिक डेढ लाख भारु लिन्छन् ।

उनले सन् १९८९ मा सलमान खान र भाग्यश्रीको फिल्म ‘मैने प्यार किया’ बाट बलिउडमा डेब्यू गरेका थिए । यसमा उनले सलमानको नोकर रामुको सानो भूमिका निभाएका थिए ।

यो फिल्मबाट उनले खासै चर्चा पाउन सकेनन् । त्यसपछि उनले सलमानसँग ‘हम आपके है कौन’ मा दोस्रो पटक सहायक कलाकारको भूमिका पाए । यो फिल्मपछि उनलाई थोरैले चिन्न थाले ।

दिलीप जोशीले ‘हम आपके है कौन’, ‘वान टु का फोर’, ‘हमराज’, ‘फिर भी दिल है हिन्दुस्तानी’, ‘खिलाडी ४२०’ जस्ता धेरै फिल्ममा काम गरेका छन् । यसबाहेक उनले टिभी पनि छोडेनन् । उनले धेरै टिभी शोमा काम गरे तर पछि उनले त्यो मान्यता पाउन सकेनन् । केही समयमै उनी सन् २००६ मा बेरोजगार भए ।

एक अन्तर्वार्तामा आफ्नो संघर्षका दिनहरूबारे कुरा गर्दै दिलीपले धेरै फिल्म गरे पनि लामो समयसम्म काम नभएको बताए । छोरी जन्मँदा उनको खातामा जम्मा २५ हजार रुपैयाँ थियो, जसमध्ये १३ हजार रुपैयाँ अस्पतालमा खर्च भएको थियो ।

आर्थिक समस्यासँग लडिरहेका दिलीपलाई कमेडी सर्कसको अफर आएको थियो । यसमा उनलाई राम्रो पैसाको अफर पनि आएको थियो तर शोमा तल बेल्ट टाइप जोकका कारण दिलिपले यो अफर अस्वीकार गरेका थिए ।

दिलिप सधैं यस्तो काम गर्न चाहन्थे, जसको परिवारका सदस्यहरूले गर्वका साथ हेर्न सक्छन् । डेढ महिनापछि उनले सन् २००८ मा ‘तारक मेहता का उल्टा चश्मा’ मा काम पाए र घर–घरमा आफ्नो नाम बनाए ।

‘तारक मेहता का उल्टा चश्मा’ मा आत्माराम तुकाराम भिडेको भूमिका निर्वाह गरेका अभिनेता मन्दर चन्दवाडकरले भने– ‘सन् २००८ मा शोमा आएँ, म उनको फ्यान थिएँ । उनको पुरानो कार्यक्रममा उनको अभिनय देखेपछि म उनको फ्यान भएँ । यति मात्र होइन, उनले यो भूमिका पाउने प्रक्रियाबारे बताएपछि उनको इज्जत झनै बढ्यो । मैले उहाँबाट धेरै कुरा सिकें, तर सबैभन्दा ठूलो कुरा यो हो, ‘सबै अभिनेता हुन्, थोरै रिएक्टर हुन्’ ।’

‘तारक मेहता का उल्टा चश्मा’ मा डाक्टर हातीको छोराको भूमिका निर्वाह गर्दै आएका अभिनेता कुश शाहले दिलिप जोशीलाई आफ्नो गुरु मान्ने बताएका छन् । उनीहरु आफ्नो जन्मदिनलाई धेरै विशेष मान्दैनन् र यसलाई अन्य सामान्य दिनजस्तै मान्छन् । जब कुशलाई सोधियो दिलिपबाट के सिकेको ? कुशले दिलीपबाट ह्युमर र सेन्स अफ ह्युमर दुवै सिकेको बताउँछन् । ‘उहाँबाट मैले ठट्टा मात्र होइन मजाक आफैंमा लिन पनि सिकेको छु । दिलिप जोशी धेरै आध्यात्मिक हुनुहुन्छ, खानाको शौकीन भए पनि साँझपछि खाना खानुहुन्न ।’