४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए

लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए
अ+ अ-

एजेन्सी । साउथ सिनेमाका सुपरस्टार मोहनलालले आज आफ्नो ६४ औं जन्मदिन मनाइरहेका छन् ।

एक अभिनेता हुनुको अलावा, मोहनलाल एक चलचित्र निर्माता, पार्श्व गायक, वितरक, निर्देशक र व्यापारी पनि हुन् । आफ्नो चार दशक लामो करियरमा उनले करिब ४ सय चलचित्रमा काम गरेका छन् ।

उनलाई पद्मश्री र पद्मभूषणबाट पनि सम्मानित गरिएको छ । उनले अहिलेसम्म उत्कृष्ट चलचित्रमा अभिनय गरेबापत पाँच पटक राष्ट्रिय पुरस्कार पाइसकेका छन् ।

उनी सेनाबाट मानार्थ लेफ्टिनेन्ट कर्णेलको दर्जा पाउने पहिलो अभिनेता हुन् । मोहनलालको नाममा धेरै कीर्तिमान पनि दर्ता छन् । उनले एक वर्षमा ३४ वटा चलचित्रमा काम गरेर कीर्तिमान बनाएका थिए जसमध्ये २५ चलचित्र हिट भएका थिए ।

मोहनलाल विश्वनाथनको जन्म २१ मे १९६० मा केरलाको इलान्थुर गाउँमा भएको थियो । उनी केरला सरकारका पूर्व ब्युरोक्रेट विश्वनाथन नायर र कानून सचिव र सन्ताकुमारीको घरमा जन्मिएका थिए ।

मोहनलाल तिरुवनन्तपुरमको आफ्नो पैतृक घर मुदवनमुगलमा हुर्केका थिए । उनले सरकारी मोडेल ब्वाईज हायर सेकेण्डरी स्कूल, तिरुवनन्तपुरममा अध्ययन गरे र तिरुवनन्तपुरमको महात्मा गान्धी कलेजबाट वाणिज्यमा स्नातक गरे । मोहनलाललाई सानैदेखि अभिनयमा रुचि थियो ।

मोहनलाल रेस्लर पनि थिए । उनी १९७७ र १९७८ को बीच केरला राज्य कुश्ती च्याम्पियन थिए । फिल्महरूमा रुचिका कारण, उनले पहलवानको रूपमा आफ्नो करियरलाई पछ्याएनन् र १८ वर्षको उमेरमा फिल्महरूमा प्रवेश गरे ।

मोहनलालले पहिलो पटक सन् १९७८ मा फिल्म ‘थिरनोत्तम’ मा काम गरेका थिए । यसलाई मोहनलाल आफैंले आफ्ना चार साथी मणियन्पिला राजु, सुरेश कुमार, उन्नी, प्रियदर्शन, रवि कुमारसँग मिलेर बनाएका हुन् ।

फिल्ममा मोहनलालले मानसिक रूपमा अपाङ्गता भएका नोकर कुट्टप्पनको भूमिका निभाएका थिए तर यो फिल्मको रिलिजमा धेरै समस्या आयो । सेन्सरको समस्याका कारण फिल्म अलपत्र परेको र रिलिज हुन २५ वर्ष लाग्यो ।

यसबाट मोहनलाल निकै निराश भए तर त्यसपछि उनले फिल्म ‘मञ्जिल विरञ्जा पोक्का’ बाट फिल्म डेब्यु गर्ने मौका पाए । यो फिल्ममा उनले खलनायकको भूमिका निभाएका थिए जसमा उनलाई निकै रुचाइएको थियो ।

फिल्मका निर्देशक फाजिलले एक अन्तर्वार्तामा मोहनलाललाई फिल्ममा कास्ट गर्नुअघि उनको अडिसन भएको बताएका थिए । यस अडिसनको प्यानलमा दुई ठूला निर्देशक पनि बसेका थिए जो मोहनलालको लुक्स र उचाइबाट प्रभावित थिएनन् ।

यही कारणले दुवैले उनलाई अस्वीकार गरेका थिए तर फाजिल उनलाई फिल्ममा कास्ट गर्नमा अडिग रहे र उनलाई फिल्ममा कास्ट गरेपछि फिल्म हिट भयो र मानिसहरूले मोहनलाललाई निकै मन पराए । यो फिल्मको सफलतापछि मोहनलालले करिब २५ फिल्ममा खलनायकको भूमिका निभाएका थिए । चलचित्र ‘सन्ध्यक्कु विरिन्जा पुवु’ र ‘कुयलीन थेडी’ मा उनको नकारात्मक भूमिकाको निकै प्रशंसा भएको थियो ।

सन् १९८६ तिर मोहनलाल आफ्नो फिल्मी करियरको शिखरमा थिए । अवस्था यस्तो थियो कि हरेक १५ दिनमा उनको एउटा फिल्म रिलिज हुन्थ्यो । यति मात्र होइन, सन् १९८६ मा एक वर्षभित्र उनका ३४ वटा फिल्म रिलिज भएका थिए जुन कीर्तिमान हो ।

अहिलेसम्म कुनै पनि कलाकारले एक वर्षमा यति धेरै फिल्म रिलिज गरेका छैनन् । चाखलाग्दो कुरा के छ भने यी ३४ फिल्ममध्ये २५ फिल्म हिट साबित भएका छन् । त्यो अवधिमा मोहनलालका हरेक वर्ष औसत २० वटा फिल्म रिलिज हुन्थ्यो । यही कारण उनको चार दशक लामो करियरमा उनका चलचित्रको संख्या ४ सय नाघेको छ ।

मोहनलालको स्टारडम ८०–९० को दशकमा चरम सीमामा थियो । विशेष गरी केटीहरु उनको बारेमा पागल थिए । यस्तो अवस्थामा सुचित्रा नामका फ्यान मोहनलालको फिल्म हेरेर उनप्रती धेरै मिहिनेत पछि मोहनलाललाई भेट्न सफल भइन् । सुरुमा मोहनलालले उनलाई साधारण फ्यानजस्तै व्यवहार गर्थे, तर एक दुई भेटपछि उनी पनि सुचित्राप्रति गम्भीर भए ।

सुचित्रा उनीसँग विवाह गर्न चाहन्थिन् तर परिवारसँग डराएकी थिइन् । एक दिन सुचित्राकी काकीले मोहनलालका बुवालाई भेटेर बिहेको कुरा गरिन् । दुवैको परिवारलाई यो सम्बन्धमा कुनै समस्या थिएन, तर उनीहरु कुन्डली मिलाएर विवाह होस् भन्ने चाहन्थे । दुवैको कुन्डली हेरियो तर उनीहरुको कुन्डली नमिल्दा परिवारका सदस्यले सम्बन्ध तोडेका थिए ।

मोहनलालले सम्बन्ध बिर्सेर अगाडि बढे तर सुचित्रा मानिन् । उनले मोहनलाललाई दुई वर्षसम्म पर्खिन् र एक दिन आयो जब मोहनलालले कुन्डली नमिल्दा पनि उनीसँग विवाह गर्न राजी भए । २८ अप्रिल १९८८ मा विवाह भयो । तिनीहरू दुई छोराछोरी, एक छोरा र एक छोरीका आमाबाबु बने ।

चलचित्र निर्माण र वितरणका अलावा मोहनलालको रेष्टुरेन्ट र मसला प्याकेजिङको व्यवसाय पनि छ । यससँगै उनी फिल्म वितरण कम्पनी म्याक्सल्याब सिनेमा एण्ड इन्टरटेनमेन्टका मालिक पनि हुन् । उनले त्रिवेन्द्रममा ‘विस्मया म्याक्स’ नामको फिल्म पोस्ट प्रोडक्सन स्टुडियो पनि खोलेका छन् ।

मोहनलाल विलासी जीवन मन पराउँछन् । उटीमा घर हुनुका साथै दुबईको बुर्ज खलिफामा पनि उनको फ्ल्याट छ । उनको घर यस भवनको २९ औं तलामा छ । यति मात्र होइन, उनको दुबईमा ‘मोहनलाल टेस्टबड्स’ नामक रेस्टुरेन्टको चेन पनि छ ।

रिपोर्टका अनुसार उनको कुल सम्पत्ति करिब ३७६ करोड रुपैयाँ छ । मोहनलालसँग ७.५ करोडको ६ वटा लग्जरी कार छन् । जसमा मर्सिडीज बेन्ज, बीएमडब्ल्यू, जगुआर र रेन्ज रोभर पर्छन् ।