२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता: झरी



अ+ अ-


एक नासको झरीको आवाज
कानैमा आइरहेछ ।
बाटामा साढेँहरु यताउता दगुर्दैैछन्।
पल्लो घरको छानाको काग निर्थुक्क भिजेको छ ।
छिमेकीको कुकुर मालीक्नीको अघि पछि गर्दैछ ।
आमाले छाडेर गएको बच्चा रोईरहेको सुनिन्छ ।

यस वर्षको झरीले बाटो विगार्यो
बाटोले गाडी विगार्यो ।
अनि गाडीलेचालक बिगार्यो ।
सबैले झरीलाई दोष दिए ।
मान्छे पनि झरीले मार्दो रहेछ ।

बजारमा झरी नपरे पनि
सबै मान्छे भिजेकै देख्छु ।
अत्यास लाग्दा मान्छेहरु ,
घिन लागेर आउँछ ।


कोही भोकले भिजेका छन ।
कोही शोकले भिजेका छन ।

This image has an empty alt attribute; its file name is 68894345_2422343011422898_8195222562012135424_n.png
देवी प्याकुरेल
रामधुनी ६, सुनसरी, हाल दाङ्ग


कोही शहरको तापले भिजेका छन ।
कोही मनको रापले भिजेका छन ।

एउटा कुनामा रहेको भट्टीमा
सदा भन्दा आज धेरै भिडभाड देखिन्छ
मान्छेहरु झरी परेर आएका हुन कि
मान्छेहरु आएर झरी परेको हो
साहु आफै भिजेको छ ।


टाउको गनेर आजको बहिखाता बन्द गर्दैछ
बाहिर तिर हेरेर प्रफुल्ल हुँदै
आकास तिर हेरेर
झरीलाई ढोग्दछ ।
मख्ख पर्दछ
आजको झरीको व्यपार देखेर ।