१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर News Polar किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर News Polar प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय

कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ। सोमबार महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमिति बैठकले नयाँ संरचनाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या टुंगो लगाएको हो।

निर्णयअनुसार कांग्रेसमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति तीन, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ सदस्यीय पदाधिकारी रहनेछन्। त्यसबाहेक एक जना प्रवक्ता रहने व्यवस्था गरिएको छ।

हाल कांग्रेसको विधानमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था छ। नयाँ संरचनामा दुवै पदको संख्या बढाइएको हो। यस्तै, हाल आठ जना रहेको सहमहामन्त्रीको संख्या बढाएर १५ पुर्‍याइएको छ। त्यसमा चार जना महिला मनोनीत हुने व्यवस्था प्रस्ताव गरिएको छ।

पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गएपछि व्यवस्थापन तथा आन्तरिक भागबण्डा मिलाउन पदाधिकारीको संख्या बढाइएको कांग्रेसका एक नेताले बताएका छन्।

बैठकले कांग्रेसको केन्द्रीय समिति २३२ सदस्यीय बनाउने निर्णयसमेत गरेको छ। त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना मनोनीत हुनेछन्।

निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमा खुलातर्फ ४५, महिलातर्फ १२, प्रदेशतर्फ २८, दलिततर्फ १२, आदिवासी जनजातितर्फ १७ र खसआर्यतर्फ १५ जना रहनेछन्। मधेसीतर्फ ११, थारुतर्फ पाँच, मुस्लिमतर्फ तीन, पिछडिएको क्षेत्रतर्फ दुई तथा अल्पसंख्यक र अपांगता भएका व्यक्तिबाट एक–एक जना निर्वाचित हुने व्यवस्था गरिएको छ।

त्यस्तै श्रमिकतर्फ तीन, पेशागततर्फ सात र युवा (प्रदेश) तर्फ २१ जना निर्वाचित हुनेछन्। प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित र सहिद परिवारबाट तीन जना चयन हुनेछन्।

केन्द्रीय समिति र पदाधिकारीको नयाँ संरचना महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा आउनेछ।