१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर News Polar किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर News Polar प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक News Polar भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु News Polar पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा News Polar सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ News Polar किसानका समस्या बुझ्न मन्त्री चौधरी सैनामैनामा News Polar धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि बाँकेका किसान चिन्तित News Polar पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै News Polar कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै News Polar ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न, जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी News Polar नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन

किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर

किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर
अ अ+ अ-
 काठमाडाैँ । पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी–किताब बाढीले बगायो ।
कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी–किताब, विद्यालय पोसाक र झोला बग्यो । बगेको खाद्यान्न र लत्ताकपडाका लागि त राहत मिलेको छ तर उनले पढ्ने किताबबारे कसैको चासो देखिन्न । यो चिन्ता जति–उनी स्वयं भोग्दैछन् ।
दस दिनदेखि विस्थापित लस्तीबासी खेतखेतमा प्लाष्टिकको टनेलमा बसेका छन् भने कतिपय आफन्तको घरमा पुगेका छन् । दीर्घकालीन रुपमा खानेबस्ने समस्या भए पनि जिल्ला र प्रदेश तहदेखि आएको राहतले सबैका छाप्रा र कोठामा चामलका बोरा, तरकारी, नुन र तेल पुगिसक्यो । सबैले मिठै खान पाएका छन् तर किताब बगेका बालबालिकाको आफ्नै पीडा छ । गाउँमा राहत बाँड्न आएका धेरै समूहको भीडमा किताब पनि ल्याइदिएका छन् कि भनी हेर्ने गरेको कक्षा ८ मा पढ्ने सुलभ थापा बताउँछन् ।
कालीगण्डकी बाढीले बगेको पर्वतको फर्सेस्थित शिव माविमा पढ्ने ४० विद्यार्थीको कापी कलम र किताबसहित विद्यालय पोसाक बगेको छ । विद्यालय पनि अहिलेसम्म खुलेको छैन । अभिभावकको सल्लाहमा आजदेखि विद्यालय खोल्ने तयारी छ तर विद्यार्थी रित्तै र पोसाक अभावमा पढ्न जान बाध्य छन् । परीक्षा कसरी दिने भन्ने उनीहरुमा चिन्ता छ ।
“पीडितको घर छेउमा गएर कठैबरा भनिदिनेहरुले त झनै पीर पार्ने रहेछ,” स्थानीय पार्वती आचार्यले भन्नुभयो, “केही शान्त भएको मन फेरि अशान्त भएको छ ।” बालबालिकाको किताब खोजेर पनि नपाइने उहाँले बताउनुभयो ।
शिव माविकी शिक्षिका लक्ष्मी मल्ल थापाको पनि सबै घरखेत बगेको छ । उहाँ सुत्केरी हुनुहुन्छ्, घर नभएपछि छिमेकीको आश्रयमा बस्नुभएको छ । पति अर्जुनसहित तीन छोरा र लक्ष्मी सुकुम्वासी जस्तै हुनुभएको हो । जागिर भए पनि उहाँले तत्काल घर व्यवहार चलाउन नसक्ने अवस्था आइपरेको छ । शिक्षककै छोराछोरीको कापीकिताब छैन ।
खेती किसानी गरेर बसेकाहरुको त यहाँ झन् बिजोग छ । विभिन्न स्थानबाट हेर्न, अवलोकन गर्नेहरु आइरहे पनि खाने अन्न र केही थानपालबाहेक केही पाएका छ्रैनन् । कक्षा १० मा पढ्ने दिवस केसी र कक्षा ९ मा पढ्ने दीपा दाजुबैनीले कापीकिताब बगेकामा चिन्ता व्यक्त गरेका छन् । “परीक्षा आउने बेला भयो, किताब छैन, के पढ्ने ?” दिवसले भन्नुभयो, “बजारमा खोज्न गए पनि कापीकिताब पाइँदैन ।” बालबालिकाको यो समस्याबारे अहिलेसम्म पुगेका दर्जन बढी राहत वितरणका समूहले ध्यान दिएका छैनन् । बरु राहतमा कसले कति बोरा चामल र पाल पाए भन्ने विवाद र झगडा भइरहेको देखिन्छ । सडक छेउमा कोही आइपुग्यो भने दौडेर राहत हो कि भन्दै पुग्ने स्थानीयले आफ्नै छोराछोरीको कापीकिताबबारे अहिलेसम्म सोच्न भ्याएका छैनन् ।
जिल्ला र आसपासका धेरै मानिसले यहाँ पुगेर के कति धनमाल क्षति भयो भन्ने आँकडा निकाल्दा पनि बालबालिकाको समस्याबारे चासो राखेको पाइँदैन । शिव माविका कक्षा ८ मा पढ्ने दिवस विक, कक्षा १ का रेमन विक, निकिता शाह, कृतिका आचार्य, बिना केसी, उदय विक जस्ता धेरै विद्यार्थी दिउँसोको समयमा आफ्नो भत्केको र बगेको घर रहेको बगरमा गएर बालुवा खोसेर किताब खोज्ने गरेका छन् तर भेटिने कुरै भएन । प्रअ अमृत सापकोटाले भन्नुभयो, “शैक्षिक वर्षको मध्य भाग भयो, किताब पाउने समस्या छ, उनीहरुलाई कसरी पढ्ने व्यवस्था गर्ने भन्ने हामीलाई निकै समस्या परेको छ ।”
बालबालिकालाई एउटा पेन्सिल र इरेजरको पनि महत्व बढी हुने उहाँले बताउनभयो । बाढीमा बगेको विवरण विद्यार्थी भेट्दा थाहा पाएको उहाँले बताउनुभयो । विद्यालय भवन माहिलो मात्र पसे पनि अभिभावक घरबारविहीन भएकाले उनीहरुकै सल्लाहमा मात्र कक्षा सञ्चालन गर्ने सापकोटाले बताउनुभयो ।
कालीगण्डकीको झोलुङ्गे पुल बगेपछि बागलुङको ढोडेनीबाट आउने बालबालिका र एक शिक्षकलाई पनि विद्यालय आउन सास्ती छ । पाँच मिनेटमा आइपुग्ने विद्यालय अब दुई घण्टाको घुमाउरो बाटो धाउनुपर्ने बाध्यता छ । असोज ११ गते रातिको बाढीले बगेका घरसहित ७१ घरमा बालुवा पसेर घरभित्रको खाने सामग्रीसहित सबै नष्ट भएको छ । बचेखुचेका सामान पनि हिलाम्मे छन् । भग्नावशेषमा भित्र छिर्न पनि जोखिम छ । नदीले बगाएर ल्याएका काठ दाउराको थुप्रो लागेको छ ।
“सबै सामान बगे पनि मदुसमा धान थियो, हेर्न गएको हिलोले भरिएको रहेछ,” स्थानीय दीपा कार्कीले भन्नुभयो, “माथिको हिलो फालेर एक मान्द्रो धान सुकाएकी छु । पखालेर केही बाँकी रहन्छ कि?” अब यो स्थानमा बस्ने कि नबस्ने भन्ने पनि उनीहरुमा अन्यौल छ । सुरक्षित बासका लागि अन्यत्र जग्गा छैन । तसर्थ उनीहरुको बाध्यताबारे वडा अध्यक्षमार्फत सरकारलाई ध्यानाकर्षण गराई दिन भनेको उहाँले बताउनुभयो ।
यता जलजला गाउँपालिकाले विस्थापितहरुको लगत संकलन गरी पुनःस्थापनाका लागि जिल्ला प्रशासन र पालिकाले पहल गरिरहेको अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।