१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु News Polar पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा News Polar सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ News Polar किसानका समस्या बुझ्न मन्त्री चौधरी सैनामैनामा News Polar धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि बाँकेका किसान चिन्तित News Polar पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै News Polar कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै News Polar ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न, जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी News Polar नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन News Polar स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य News Polar बाग्लुङमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार News Polar यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ? News Polar विपद्का बेला न्यायपालिका सञ्चालनका लागि बलियो डिजिटल पूर्वाधार आवश्यक : प्रधानन्यायाधीश शर्मा News Polar अर्यालको टिप्पणी : ‘संवैधानिक लोकतन्त्र र राजनीतिक संस्कृतिको जगेर्ना होस्’ News Polar अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार News Polar मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ News Polar बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित News Polar विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै News Polar हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे News Polar निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन

नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन
अ अ+ अ-

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपालमा उपलब्ध वन स्रोतको दिगो व्यवस्थापन गर्दै काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

असोज १५ देखि १८ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न वन तथा कृषि क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले कपिलवस्तुको तौलिहवास्थित डिभिजन वन कार्यालयमा आयोजित बैठकमा वन व्यवस्थापन, काठ तथा वन पैदावारको उपयोग, स्वदेशी उद्योगसँगको आबद्धता, काठको आयात प्रतिस्थापन, काठको स्रोत पहिचान प्रणाली, सामुदायिक वन तथा चुरे संरक्षणलगायत विषयमा छलफल गर्नुभएको हो।

मन्त्री चौधरीले वन स्रोतको दिगो व्यवस्थापन र प्रभावकारी उपयोग गर्दै स्वदेशी उद्योगको प्रवर्द्धन, काठको आयात प्रतिस्थापन तथा वन संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो।

नेपालमा उत्पादन हुने काठ तथा वन पैदावारलाई स्वदेशी उद्योगसँग जोड्दै प्रशोधन, उत्पादन र बजारीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। वन पैदावारको उत्पादन तथा उपयोग बढाएर रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन र राज्यको आम्दानी वृद्धि गर्न सकिने उहाँको भनाइ थियो।

विदेशी काठको आयात क्रमशः घटाउँदै नेपाललाई काठमा आत्मनिर्भर बनाउने स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्ने मन्त्री चौधरीले बताउनुभयो। देशभित्र उपलब्ध वन स्रोतको वैज्ञानिक तथा दिगो व्यवस्थापनमार्फत काठको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो।

काठको वैधानिकता र स्रोत पहिचानलाई पारदर्शी बनाउन काठको स्रोत पहिचान तथा अनुगमन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि मन्त्री चौधरीले जोड दिनुभयो। काठ उत्पादनदेखि बिक्री तथा उपयोगसम्मको विवरण डिजिटल प्रणालीमार्फत अभिलेखीकरण र अनुगमन गर्न सकिने व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो।

बैठकमा सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका साथै वनको वैज्ञानिक र दिगो व्यवस्थापनबारे पनि छलफल भएको थियो। स्थानीय समुदायको सहभागिता र लाभ सुनिश्चित गर्दै वन स्रोतको संरक्षणसँगै यसको दिगो उपयोगलाई अघि बढाउनुपर्ने मन्त्री चौधरीले बताउनुभयो।