१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु News Polar पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा News Polar सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ News Polar किसानका समस्या बुझ्न मन्त्री चौधरी सैनामैनामा News Polar धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि बाँकेका किसान चिन्तित News Polar पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै News Polar कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै News Polar ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न, जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी News Polar नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन News Polar स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य News Polar बाग्लुङमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार News Polar यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ? News Polar विपद्का बेला न्यायपालिका सञ्चालनका लागि बलियो डिजिटल पूर्वाधार आवश्यक : प्रधानन्यायाधीश शर्मा News Polar अर्यालको टिप्पणी : ‘संवैधानिक लोकतन्त्र र राजनीतिक संस्कृतिको जगेर्ना होस्’ News Polar अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार News Polar मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ News Polar बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित News Polar विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै News Polar हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे News Polar निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने छ। कटुवालका अनुसार सोमबार साँझ ५ः०० बजे मतदाता नामावली प्रकाशन हुनेछ।

यसैगरी ५ः०० देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६:३० देखि ७:३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

यस्तै, असोज २० गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन अपरान्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, ५:३० देखि ६:३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

यसैगरी असोज २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र उम्मेदवारी सच्याउन निवेदन दिने कार्यतालिका छ। सोही दिन बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि असोज २१ गते उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउने छन्।

असोज २२ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यक्रम तोकिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए।

मतदानका लागि तीन स्थान तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेश भित्रका मतदाताहरुले मतदान गर्न पाउँनेछन।

यसैगरी खुल्लामञ्चमा कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा भातृ एवम् शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट प्रतिनिधि भएकाहरुले मतदान गर्न पाउने ब्यवस्था गरिएको छ।

प्रज्ञा भवनमा तोकिएको मतदान केन्द्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिहरुले मतदान गर्न पाउँनेछन।मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।