१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु News Polar पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा News Polar सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ News Polar किसानका समस्या बुझ्न मन्त्री चौधरी सैनामैनामा News Polar धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि बाँकेका किसान चिन्तित News Polar पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै News Polar कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै News Polar ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न, जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी News Polar नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन News Polar स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य News Polar बाग्लुङमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार News Polar यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ? News Polar विपद्का बेला न्यायपालिका सञ्चालनका लागि बलियो डिजिटल पूर्वाधार आवश्यक : प्रधानन्यायाधीश शर्मा News Polar अर्यालको टिप्पणी : ‘संवैधानिक लोकतन्त्र र राजनीतिक संस्कृतिको जगेर्ना होस्’ News Polar अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार News Polar मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ News Polar बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित News Polar विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै News Polar हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे News Polar निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै
अ अ+ अ-

दाङ। दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

रु ४४ करोड ८७ लाख लागतमा १५ दशमलव ५८ किलोमिटर सडक कालोपत्र हुनलागेको हो । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनाअन्तर्गत उक्त सडक बिजौरी–बसदबारा–जमुनी–लक्ष्मीपुर–दक्षिण कुररिया–कञ्जवार हुँदै कोठरीसम्म निर्माण हुनेछ ।

अब छिट्टै कालोपत्रको काम सुरु हुने निर्माण कम्पनी एमसी–एएनएस बिजी जेभी, काठमाडौँका प्रतिनिधि सिलन बरालले बताउनुभयो । उहाँका अनुसार निर्माणकार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसायी तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकार्य गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार स्थानीय निर्माण व्यवसायीसँगको समन्वयमा आवश्यक निर्माण उपकरण, सामग्री र जनशक्ति परिचालन गरिएकाले काम सहज भएको हो । अस्फाल्ट प्रविधिबाट उक्त सडक कालोपत्र हुनेछ । त्यसका लागि आवश्यक अस्फाल्ट प्लान्टलगायतका उपकरण जडान भइसकेका छन् ।

दसैँअघि बेस तथा सवबेसको काम सम्पन्न लक्ष्य राखिएको उहाँले बताउनुभयो । सडक निर्माणमा गुणस्तरलाई समेत ध्यानमा राखिएको प्रतिनिधि बरालले बताउनुभयो । आगामी चैतभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । रासस