काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले संवैधानिक लोकतन्त्रसँगै संवैधानिक, राजनीतिक र दलीय संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अर्यालले ‘अल्गोरिदम निर्देशित राजकीय अराजकता’ले नेपाल राष्ट्रलाई थप क्षति पुर्याउन नहुने बताएका हुन्।
उनले मुलुकमा दिशाबोध र तत्वबोध आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रको हितलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
अर्यालले लेखेका छन्, ‘संवैधानिक लोकतन्त्र, संवैधानिक संस्कृति, राजनीतिक संस्कृति, दलीय संस्कृतिको जगेर्ना होस्। अल्गोरिदम निर्देशित राजकीय अराजकताले नेपाल राष्ट्र (मातृभूमि)लाई योभन्दा बढी क्षति गर्न नसकोस्। दिशाबोध होस्, तत्वबोध होस्, राष्ट्रको हित होस्।’








