११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

झगडा मिलाउँदै प्रचण्ड, ओली र नेपालबीचको तिक्तता मेटाउने पहल



अ+ अ-

काठमाडौं । सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।

शान्ति प्रक्रिया शुरू भएपछि उत्पन्न जटिल राजनीतिक परस्थितिमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतको जिम्मेवारीमा थिए । अहिले दुवै पार्टी मिलेको अवस्था छ। दुवै नेता एउटै पार्टी ९नेकपा०को जिम्मेवारीमा छन तर समान हैन, फरक हैसियतमा। प्रचण्ड एकीकृत नेकपाका अध्यक्ष छन् भने नेपाल सोही पार्टीको चौथो वरीयताको वरिष्ठ नेता हुन ।

पार्टी एकीकरण भएको १५ महिनाको अवधिमा नेकपाले सांगठनिक एकताको काम करिब–करिब टुंगो लगाउने अवस्थामा पुगेका बेला नेता नेपालको वरीयता खोसिएपछि नेकपामा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको विवाद सतहमा नै आएको छ। सचिवालय बैठकमा ओली र नेपालबीचको भनाभनले नयाँ परिस्थिति उत्पन्न गराएको छ।

वरीयता खोसिएपछि महासचिव विष्णु पौडेललाई नेपालले बुझाएको ‘सात बुँदे नोट अफ डिसेन्ट’ र बैठकमा अध्यक्ष ओलीमाथि प्रयोग गरिएका शब्दकै कारण स्वास्थ्योपचार गर्न जाँदै गरेका ओलीले नेपालले दिएको स्वास्थ्य लाभको कामनासमेत फिर्ता लिने अवस्था सिर्जना भयो।

सचिवालय बैठकमा अध्यक्ष र नेपालको भनाभनले महोल नै परिवर्तन गरिदिएको छ। बैठकमा भनाभन भएपछि स्वास्थ्योपचार गर्नका लागि बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सिंगापुर प्रस्थान गर्नुभएको छ।

उहाँ त्यसतर्फ प्रस्थान गरेपछि पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा देखिएको ओली र नेपालबीचको तिक्तता मेटाउने पहल शुरू गरे ।

प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपालबीच बालुवाटारमा भएको भनाभनको विषयमा छलफल भएको थियो। वरिष्ठ नेता नेपालले बैठकमा आफूले पार्टीभित्रका सैद्धान्तिक विषय उठान गर्दा परिस्थिति असामान्य भएको स्वीकार गरेका छन् । प्रचण्डले पार्टीभित्र अनुशासन हराउँदै जान लागेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच देखिएको असमझदारी न्यूनीकरण गर्न संवाद अगाडि बढाएको बताए।
द्वन्द्वको समयमा प्रचण्डलाई मिलाउन वरिष्ठ नेता नेपालले भूमिका खेलेका थिए । अहिले पार्टीभित्र अध्यक्ष ओली र नेता नेपालबीच देखिएको विवाद समाधान गर्न प्रचण्ड मध्यस्थकर्ताको भूमिमा देखिएका छन् ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।