२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झगडा मिलाउँदै प्रचण्ड, ओली र नेपालबीचको तिक्तता मेटाउने पहल



अ+ अ-

काठमाडौं । सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।

शान्ति प्रक्रिया शुरू भएपछि उत्पन्न जटिल राजनीतिक परस्थितिमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतको जिम्मेवारीमा थिए । अहिले दुवै पार्टी मिलेको अवस्था छ। दुवै नेता एउटै पार्टी ९नेकपा०को जिम्मेवारीमा छन तर समान हैन, फरक हैसियतमा। प्रचण्ड एकीकृत नेकपाका अध्यक्ष छन् भने नेपाल सोही पार्टीको चौथो वरीयताको वरिष्ठ नेता हुन ।

पार्टी एकीकरण भएको १५ महिनाको अवधिमा नेकपाले सांगठनिक एकताको काम करिब–करिब टुंगो लगाउने अवस्थामा पुगेका बेला नेता नेपालको वरीयता खोसिएपछि नेकपामा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको विवाद सतहमा नै आएको छ। सचिवालय बैठकमा ओली र नेपालबीचको भनाभनले नयाँ परिस्थिति उत्पन्न गराएको छ।

वरीयता खोसिएपछि महासचिव विष्णु पौडेललाई नेपालले बुझाएको ‘सात बुँदे नोट अफ डिसेन्ट’ र बैठकमा अध्यक्ष ओलीमाथि प्रयोग गरिएका शब्दकै कारण स्वास्थ्योपचार गर्न जाँदै गरेका ओलीले नेपालले दिएको स्वास्थ्य लाभको कामनासमेत फिर्ता लिने अवस्था सिर्जना भयो।

सचिवालय बैठकमा अध्यक्ष र नेपालको भनाभनले महोल नै परिवर्तन गरिदिएको छ। बैठकमा भनाभन भएपछि स्वास्थ्योपचार गर्नका लागि बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सिंगापुर प्रस्थान गर्नुभएको छ।

उहाँ त्यसतर्फ प्रस्थान गरेपछि पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा देखिएको ओली र नेपालबीचको तिक्तता मेटाउने पहल शुरू गरे ।

प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपालबीच बालुवाटारमा भएको भनाभनको विषयमा छलफल भएको थियो। वरिष्ठ नेता नेपालले बैठकमा आफूले पार्टीभित्रका सैद्धान्तिक विषय उठान गर्दा परिस्थिति असामान्य भएको स्वीकार गरेका छन् । प्रचण्डले पार्टीभित्र अनुशासन हराउँदै जान लागेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच देखिएको असमझदारी न्यूनीकरण गर्न संवाद अगाडि बढाएको बताए।
द्वन्द्वको समयमा प्रचण्डलाई मिलाउन वरिष्ठ नेता नेपालले भूमिका खेलेका थिए । अहिले पार्टीभित्र अध्यक्ष ओली र नेता नेपालबीच देखिएको विवाद समाधान गर्न प्रचण्ड मध्यस्थकर्ताको भूमिमा देखिएका छन् ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।