२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड बराबरीमा रोकियो



अ+ अ-

मड्रिड । स्पेनिस ला लिगाको शनिबार भएको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा मड्रिडलाई रियल भाल्लाडोलीडले १–१ को बराबरीमा रोकेको हो।

अन्तिमसम्म गोलरहित भएको खेलमा ८२औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिडले १–० को अग्रता बनाएको थियो। त्यो अग्रता ६ मिनेटभन्दा बढी टिक्न सकेन। भाल्लाडोलिडका लागि गुयडिओला नाभारोले ८८औं मिनेटमा गोल गरी खेल बराबरी गरे। रियल मड्रिडले भाल्लाडोलीडलाई खेल अवधिभर दबाबमा राखे पनि गोल गरी खेल आफ्नो पक्षमा भने पार्न सकेन।

दुई खेलबाट ४ अंक बनाए रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा छ। गत दुई सिजन राम्रो प्रदर्शन गर्न नसकेको रियल मड्रिड यस सिजनमा उत्कृष्ट प्रदर्शन गरी उपाधि हात पार्ने दाउमा छ।