२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा बर्सिलोनाको पहिलो जित, ५-२ ले विजयी



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगामा बर्सिलोनाले घरेलु मैदानमा फराकिलो जित निकालेको छ । आईतबार भएको खेलमा रियल बेटिसमाथि ५–२ को फराकिलो जित हासिल गरेको हो ।

बार्साको जितमा एन्टोइन ग्रिजमन दुई गोल गरे भने कार्लेस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालले १-१ गोल गरे।

त्यसैगरी रियल बेट्टिसका लागि नाबिल फेकिर र लोरेन्जो जिसस मोरन ग्रासियाले गोल गरेका थिए।

पराजित भएपनि खेलमा पहिलो अग्रता भने रियल बेट्टिसले लिएको थियो। खेलको १५ औं मिनेटमा सो गोल नाबिलले गरेका थिए।

बेटिसको सो अग्रतालाई बार्साले खेलको ४१ औं मिनेटमा ग्रिजमनको गोलमा गर्‍यो।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोश्रो गोल पनि ग्रिजमनले नै गरे। उनले ५१ औं मिनेटमा सो गोल गरे र बार्साको अग्रतालाई २(१ बनाए।

त्यसपछि ५६ औं मिनेटमा पेरेजले गोल गरे भने ६० औं मिनेटमा अल्बाले गोल गरे। यस्तै भीडालले ७७ औं मिनेटमा टोलीका लागि पाँचौ गोल गरे।

बेटिसका लागि मोरोनले ७९ मिनेटमा दोश्रो गोल फर्काए।

बार्सिलोना यसअघि खेलिएको यस सिजनको पहिलो खेलमा एथ्लेटिक बिलबाओसँग १(० ले पराजित भएको थियो।