६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा बर्सिलोनाको पहिलो जित, ५-२ ले विजयी



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगामा बर्सिलोनाले घरेलु मैदानमा फराकिलो जित निकालेको छ । आईतबार भएको खेलमा रियल बेटिसमाथि ५–२ को फराकिलो जित हासिल गरेको हो ।

बार्साको जितमा एन्टोइन ग्रिजमन दुई गोल गरे भने कार्लेस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालले १-१ गोल गरे।

त्यसैगरी रियल बेट्टिसका लागि नाबिल फेकिर र लोरेन्जो जिसस मोरन ग्रासियाले गोल गरेका थिए।

पराजित भएपनि खेलमा पहिलो अग्रता भने रियल बेट्टिसले लिएको थियो। खेलको १५ औं मिनेटमा सो गोल नाबिलले गरेका थिए।

बेटिसको सो अग्रतालाई बार्साले खेलको ४१ औं मिनेटमा ग्रिजमनको गोलमा गर्‍यो।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोश्रो गोल पनि ग्रिजमनले नै गरे। उनले ५१ औं मिनेटमा सो गोल गरे र बार्साको अग्रतालाई २(१ बनाए।

त्यसपछि ५६ औं मिनेटमा पेरेजले गोल गरे भने ६० औं मिनेटमा अल्बाले गोल गरे। यस्तै भीडालले ७७ औं मिनेटमा टोलीका लागि पाँचौ गोल गरे।

बेटिसका लागि मोरोनले ७९ मिनेटमा दोश्रो गोल फर्काए।

बार्सिलोना यसअघि खेलिएको यस सिजनको पहिलो खेलमा एथ्लेटिक बिलबाओसँग १(० ले पराजित भएको थियो।