• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

‘भ्रातृ संस्था सहमतिमा टुंग्याऔँ’



काठमाडौं । कांग्रेसमा भ्रातृ संस्थाको महाधिवेशन मापदण्ड बनाएर सहमतिमा गर्न दुवै पक्षले छलफल गरेका छन् । केन्द्रीय समिति बैठकको तयारीका लागि मंगलबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलमा गैरसंस्थापन पक्षले अन्तरिम संरचनाजस्तै मापदण्ड बनाएर भ्रातृ संस्था गठन टुंग्याउन माग गरे ।

‘अनौपचारिक छलफल भ्रातृ संस्थाको अधिवेशनलगायत विषयमा केन्द्रित थियो । हामीले अन्तरिम संरचनामा जस्तै निश्चित मापदण्डमा सहमतिका आधारमा गरौँ भनेका छौं । यसमा उहाँहरू पनि सकारात्मक हुनुहुन्छ,’ नेता अर्जुननरसिंह केसीले भने ।

प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘बुधबारबाट बस्ने केन्द्रीय समिति बैठकअघि म्याद सकिएका भ्रातृ संस्था, जागरण अभियान, विदेशस्थित जनसम्पर्क समितिसम्बन्धमा तयारी बैठक गरिएको हो । भ्रातृ संस्थाको अधिवेशन समयमा नहुँदा विधानको दायरा बिग्रिएको कुरा उठेको छ । एक दुई दिनमा यी विषय टुंगिँदा जान्छन् ।’

यी हुन् वर्षौं महाधिवेशन नभएका भ्रातृ संस्था
किसान संघ, सेनानी संघ, जनजाति संघ, दलित संघ, अपांग संघ, तामाङ संघ, ठाकुर समाज अधिवेशनविना चलेका छन् । नेविसंघको ६ महिनायता विघटित अवस्थामा छ । तरुण दल चार पदाधिकारीको भरमा चलेको छ । विदेशस्थित केही जनसम्पर्क समितिको अवस्था भद्रगोल छ ।

विधानलाई नियन्त्रणमुखी नबनाऔँ
केही भ्रातृ संस्थाको विधान नियन्त्रणमुखी भएको भन्दै सुधार गर्न नेताहरूले माग गरे । दलित संघमा पदाधिकारी हुन केन्द्रीय सदस्य हुनुपर्ने, अध्यक्ष लड्न पदाधिकारी हुनुपर्नेजस्ता प्रावधानले नियन्त्रण देखाएको भन्दै गैरसंस्थापन नेताले विरोध गरेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।