२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

ललितपुर महानगरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने : मन्त्री भुसाल

ललितपुर महानगरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने : मन्त्री भुसाल
अ अ+ अ-

लालितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताउनुभएको छ ।

महानगरपालिकाको ‘१०३ औँ स्थापना दिवस’ को अवसरमा उहाँले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “महानगरपालिकामा कसरी धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ । यहाँ रहेका मूर्त तथा अमूर्त सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न सफल भए नमूना नगर हुनेछ ।” महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरुप नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने पनि उहाँले जोड दिनुभयो ।

ललितपुर क्षेत्र नं ३ का प्रदेशसभा सदस्य राजकाजी महर्जनले महानगरलाई सांस्कृतिक नगरका रुपमा विकास गर्न आफूहरु लागि परेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले महानगरमा रहेका कूल जनसङ्ख्यामध्ये ८२ प्रतिशतलाई  कोरोनाको खोप उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू निर्वाचित भएर आएपछि यहाँका ७० पाटीपौवा निर्माण गरिसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाभित्र प्रसस्तै मात्रामा मठमन्दिर २०७२ सालको भूकम्पले जिर्ण बनाएकामा धेरैजसो पुनः निर्माण गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकामा  २५ वर्षसम्म सेवा गर्ने कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने कोरोनाबाट मृत्यु भएका सबै वडाका एक–एक परिवारलाई रु एक लाख २० हजार सहयोग र ए डिभिजनमा पुगेको सातदोबाटो युथ क्लबलाई रु २० लाख प्रदान गरिएको थियो

महानगरमा सफाइलगायत कार्य गर्न विसं १९७५ मा छेमडोल अड्डा स्थापित भएकामा २००९ सालमा ललितपुर नगरपालिका, २०१८ मा ललितपुर नगरपञ्चायत २०४७ मा पुनःललितपुर नगरपालिका, २०५२ मा उपमहानगरपालिका भएर यससँग जोडिएका अन्य १० वडालाई  मिलाएर २०७३ चैत १० गते महानगरपालिका घोषणा गरिएको जानकारी गराइएको थियो। हाल यस महानगरमा २९ वडा छन् । रासस